ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फामा धर्ना


एबीसी न्यूज

काठमाडौं ६ मंसिर । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फाका एकेडेमीका फुटबलरका अभिभावकले अखिल नेपाल फुटबल संघ एन्फा अघि धर्ना दिएका छन्।

एन्फाको लापरवाहीका कारण आफ्नो सन्तान गुमाएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित एन्फाका एकेडेमीका ६ जना फुटबलरले गत असोज १२ गते पहिरो परेर ज्यान गुमाएका थिए। उक्त पहिरोमा परी ज्यान गुमाएका ६ फुटबरमध्ये पाँच जनाका अभिभावले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका सबै संयन्त्रले चासो नदेखाएका आरोप लगाएका छन्।

 

पीडित परिवारले आफूहरूले एन्फालाई विश्वास गरेर आफ्नो बच्चाहरू सुम्पिए पनि एन्फाको लापरवाहीका कारण आफ्नो सन्तानले ज्यान गुमाएको आरोप लगाएका छन्।

पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता लगायतमा घटनाको निष्पक्ष छानबिनका लागि ज्ञापन बुझाउँदा पनि न्याय नपाएको दुखेसो पोखेका छन्।

उनीहरूले सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको आरोप लगाएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फा ले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेका थियो।

कुलेखानीको बाध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा परी हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सम्बन्धित

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

कांग्रेसको केन्द्रीय समिति बैठक ६ घन्टापछि सुरु

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com