ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर कन्क्लेभ-२०२४ सुरु


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । कान्तिपुर कन्क्लेभ(२०२४ सुरु भएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कन्क्लेभको उद्घाटन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले गरेका हुन् ।

बुधबार र बिहीबार हुने कन्क्लेभमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा बहस हुनेछ । यसवर्षको मुख्य विषयवस्तु ‘डेमोक्रेसी इन डिलेमा’ रहेको छ । कान्तिपुर कन्क्लेभको यो चौथो संस्करण हो ।

एनआईसी एसिया बैंकको मुख्य प्रायोजन र एसियन पेन्ट्सको सहप्रायोजन हुने बहसका १२ सत्रमा १० विदेशीसहित ५५ वक्ता रहनेछन् । कन्क्लेभमा नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले ‘की–नोट स्पिच’ दिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत वक्ताका रूपमा कन्क्लेभमा सहभागी हुनेछन् ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेशी, राजनीतिशास्त्री प्रताप भानु मेहता, विल्सन सेन्टर अमेरिकाको साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान, हुवाङचोङ विश्वविद्यालय चीनको इन्स्टिच्युट अफ स्टेट गभर्नेन्सका वाङ पेङ, द हिन्दुकी डिप्लोमेटिक अफेयर्स एडिटर सुहासिनी हैदर, भारतका राजनीतिक अभियन्ता योगेन्द्र यादव, बेलायती लेखक तथा पत्रकार थोमस बेल र अमेरिकी पत्रकार पिटर गिल विभिन्न सत्रमा सहभागी हुनेछन् ।

कन्क्लेभको पहिलो दिन बुधबार ‘दोबाटोमा लोकतन्त्र’, ‘नीति र समृद्धि’, ‘लोकरिझ्याइँको लहर’, ‘सामाजिक सञ्जाल स् दुईधारे तरबार’, ‘कलम र शक्ति स् नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक’ र ‘प्रचण्डपथ  सडक कि सत्ता  ?  शीर्षकमा बहस हुनेछन् ।

दोस्रो दिन बिहीबार ‘निर्वाचन सुधार स् नीति कि प्रवृत्ति रु’, ‘भूराजनीतिक खलबल’, ‘मैदानमा महिला नायक’, ‘सीमापार समृद्धि’, ‘मुख्यमन्त्रीका मुख्य मुद्दा’ र ‘प्रधानमन्त्रीसँग परिसंवाद’ शीर्षकका सत्र रहेका छन् ।

सन् २०२४ मा संसारका धेरैजसो मुलुकका जनताले निर्वाचनमार्फत नेता र नीतिको छनोट गर्ने चुनावमा भाग लिँदै गर्दा मतदातालाई प्रभावित पार्ने ‘पपुलिजम’को लहर पनि चलेको छ । आफ्नो प्रभाव र वर्चस्व स्थापित गर्न सूचना प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिले पनि लोकतान्त्रिक आयाममाथि चुनौती थपेको छ । यस्तै विषयमा सार्थक बहस र लोकतन्त्रलाई मजबुत बनाउन यो वर्ष ‘डेमोक्रेसी इन डिलेमा’लाई मुख्य अवधारणा बनाइएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ ।

वर्तमानका योजनाकार तथा भविष्यका स्वप्नद्रष्टा, देशभित्रका नीति निर्माता, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवाला तथा विचारकहरूको बृहद् मञ्च कान्तिपुर कन्क्लेभमा समस्याको जड खोज्ने मात्र होइन, समाधानको प्रारूपमा पनि बहस गरिने उल्लेख छ । कन्क्लेभको इकान्तिपुर र कान्तिपुर टीभीमा प्रत्यक्ष प्रसारण हुनेछ ।

त्यस्तै, कान्तिपुर कन्क्लेभको वेबसाइट र सामाजिक सञ्जालबाट पनि कन्क्लेभका बहसहरूको अपडेट लिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com