ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको मूल्य वृद्धि विरोधी कानुन कम्युनिस्ट हुनका लागि निकै सानो छ !


एबीसी न्यूज
भाद्र ८, २०८१ शनिबार   ५ : ३९   बजे

कमला ह्यारिसका आलोचकहरूले जे आरोप लगाए पनि फरक पर्दैन

कमला ह्यारिसको मूल्य वृद्धि प्रतिबन्ध कानुन अमेरिकामा राष्ट्रिय स्तरमा यस प्रकारको पहिलो निर्णय हुनेछ। यस्तो नीति आवश्यक छ भन्ने कुरा स्पष्ट छैन। तर यो सरकारको तल्लो तहमा उदाहरणनीय हुनेछः ३७ राज्यहरूमा कम्पनीहरूलाई ‘अत्यधिक’ मूल्य वृद्धिबाट रोक्न नियमहरू छन्। ह्यारिसको विचारलाई साम्यवादतर्फको कदमका रूपमा निन्दा गर्नेहरूलाई अर्कान्सासदेखि इडाहोसम्मका धेरै रिपब्लिकन हुन् भन्ने बुझ्न सकिन्छ ।

सामान्यतया, राज्यहरूले पावर जेनेरेटर जस्ता आवश्यक वस्तुहरूमा ध्यान केन्द्रित गर्दै आपतकालिन समयमा हस्तक्षेपहरू सीमित गर्छन्। कोभिड –१९ महामारीको समयमा राज्य सरकारहरूले फेस मास्क, ह्यान्ड सेनिटाइजर र यस्तै अन्यलाई समावेश गर्न परिभाषा विस्तार गरेका थिए। अमेरिकन बार एसोसिएसनको समीक्षा अनुसार, यो प्रायः व्यक्तिहरूमा निर्भर हुन्छ कि उनीहरूले के विश्वास गर्छन् अनुचित मूल्य निर्धारण हो भनेर रिपोर्ट गर्न, अधिकारीहरूले टिपहरू कसरी ह्यान्डल गर्ने भन्ने बारे निर्णय गर्छन्।

महामारीमा त्यस्ता नियमहरूले कसरी काम गर्छन् भन्ने परीक्षणका लागि ती प्रस्ताव गरियो । धेरैजसो राज्यहरूमा खराब व्यवहारलाई सुधार्नका लागि चेतावनीहरूमा जोड दिइएको थियो। फ्लोरिडाको उपभोक्ता–सुरक्षा कार्यालय अत्यधिक सक्रिय थियो, यसका लगभग १०० वकिल र कर्मचारीहरूलाई आरोपहरूको अनुसन्धान गर्न तोकिएको थियो। सन् २०२० को अवधिमा ५ हजार ३ सय उजुरीहरूमा काम गर्दै, त्यस राज्यका महान्यायाधिवक्ता, जो एक रिपब्लिकन हुन्, उनने भनेका थिए उनको टोलीले उपभोक्ताहरूका लागि लगभग २ मिलियन डलर बरामद गरेको छ। फ्लोरिडा पनि धेरै राज्यहरू मध्ये एक थियो, जसले स्पष्ट मूल्य बृद्धि रोक्न अमेजन जस्ता अनलाइन पसलहरूसँग नजिकबाट काम गरेको थियो।

जब चेतावनीहरूले काम गर्दैनन्, राज्यहरूले कहिलेकाहीँ मुद्दाको प्रयोग गर्छन्। यद्यपि, मुद्धाहरू, विरलै कालो र सेतो (बल्याक एण्ड ह्वाइट) हुन्छन्, विशेषगरी त्यसमा जब स्थापित फर्महरू समावेश हुन्छन्। न्युयोर्कले अन्डा वितरक हिलान्डेल फर्ममाथि सन् २०२० को सुरुमा मूल्य चार गुणा बढाएको भन्दै मुद्दा दायर गरेको थियो। त्यो समाधान भयो, जब हिलान्डेले अत्यधिक मूल्य निर्धारणबाट टाढा रहने वाचा गर्यो, र खाद्य बैंकहरूमा १.२ मिलियन अण्डा दान गर्न सहमत भयो। टेक्सासमा अर्को अन्डा आपूर्तिकर्ता क्याल–माइन विरुद्धको भने मुद्दा खारेज गरियो, यद्यपि राज्यको अपिलमा निर्णय उल्टाएको थियो। फर्मले भन्छ कि यसको मूल्य वृद्धिले बजारका शक्तिहरू मात्र प्रतिबिम्बित गर्दछ।

यदि यी केसहरू हानिरहित देखिन्छन्, त्यो किनभने तिनीहरू साना छन्। विगतमा, जब राज्यहरूले व्यापक मूल्य सीमा लगाएका बेला, प्रभावहरू अझ खराब भएका थिए। सन् १९७० को तेल सङ्कटको समयमा, मूल्य नियन्त्रणले अभाव निम्त्याएको थियो । एउटा अध्ययनले क्यालिफोर्नियाका पेट्रोल स्टेसनहरूमा मात्रै ५अर्ब डलर बराबर मूल्य लाग्ने गरेको पत्ता लगाएको छ। अधिक व्यापक रूपमा मूल्य–वृद्धि विरोधी कानूनहरू लागू हुन्छन्, अधिकरुपले तिनीहरू मूल्य नियन्त्रणहरू जस्तै देखिन्छन्, जुन गहिरोरुपले हानिकारक हुन्छन्।■

: दि इकोनोमिष्टबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group