ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी


एबीसी न्यूज

काठमाडौं २९ साउन ।  प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालय मार्फत दर्ता गराएको पीडित महतोले बताए ।

मलद्वारमा समस्या भएपछि ६ चैतमा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट ७ चैतमा फिस्टुलाको शल्यक्रिया भएको थियो ।

अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का(हल्का जलेको थियो ।

फिस्टुलाको अपरेशन गर्दा घुँडामा लाग्यो करेन्ट, डाक्टर भन्छन्– लापरबाही होइन
शल्यक्रिया अस्पतालका तत्कालीन मेसुसमेत रहेका सर्जन डा। यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयम् स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए ।

पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । २८ चैतमा मेसु डा। नागेन्द्र यादवको राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।

घाउ बल्झिदा महतोलाई भने सिरहा अस्पतालले १८ वैशाखमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको तीन ठाउँमा डढेको घाउ निको भएपनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन ।

उपचारमा हालसम्म तीन लाख रुपैयाँ खर्च भइसकेको रामबाबु बताउँछन् । स्थानीय एक पेट्रोल पम्पमा काम गरेर जीवीकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋणको भारी बोक्न बाध्य भएको बताउँछन् ।

क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौतारिरहेका छन् ।

३३ लाख क्षतिपूर्तिसहित कारबाहीको माग

मेसुसहित चिकित्सको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाइ खुट्टामा विपक्षीहरुवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु,’ उनको जाहेरीमा उल्लेख छ ।

उनले उपचार गराउन लागेको खर्च, अगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।

‘उपचारमा रु ७ लाख खर्च भएको र ६ लाख अब लाग्ने भएको र क्षतिपूर्तिबापत २० लाख गरी जम्मा ३३,००,०००र( विपक्षीहरुबाट दिलाई पछि रोग बढेमा सोको समेत उपचार गराई लापरबाही साथ सो कार्य गरेकोले निज विपक्षीहरुलाई हदैसम्म कैद सजाय गरी पाउँ,’ जाहेरीमा लेखिएको छ ।

लापरबाही भएको पुष्टि

रामबाबुले सूचनाको हक प्रयोग गरी आफ्नो शल्यक्रियासहितको उपचारको कागजात अस्पतालबाट लिएका छन् । जसमा शल्यक्रियाको क्रममा त्रुटि भएको रेडर्कडमा पाइएको छ । जसमा ६ गते नै शल्यक्रिया भएको लेखिएको छ भने ७ गते शल्यक्रिया गर्न दिइने एनेसथेसियाले बेहोस गरेको देखिन्छ ।

शल्यक्रियामा अस्पतालमा विज्ञ डाक्टरले अपरेसन गर्नु पर्नेमा बिचैमा सर्जन मेसुले छोडेर गएको र असम्बन्धित एमबीबीएस डाक्टर सन्तोष गोइतले शल्यक्रिया गरेका छन् । जसमा उनको हस्ताक्षर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com