ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी


एबीसी न्यूज
श्रावण २९, २०८१ मंगलबार  १ : २४ बजे

काठमाडौं २९ साउन ।  प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालय मार्फत दर्ता गराएको पीडित महतोले बताए ।

मलद्वारमा समस्या भएपछि ६ चैतमा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट ७ चैतमा फिस्टुलाको शल्यक्रिया भएको थियो ।

अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का(हल्का जलेको थियो ।

फिस्टुलाको अपरेशन गर्दा घुँडामा लाग्यो करेन्ट, डाक्टर भन्छन्– लापरबाही होइन
शल्यक्रिया अस्पतालका तत्कालीन मेसुसमेत रहेका सर्जन डा। यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयम् स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए ।

पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । २८ चैतमा मेसु डा। नागेन्द्र यादवको राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।

घाउ बल्झिदा महतोलाई भने सिरहा अस्पतालले १८ वैशाखमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको तीन ठाउँमा डढेको घाउ निको भएपनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन ।

उपचारमा हालसम्म तीन लाख रुपैयाँ खर्च भइसकेको रामबाबु बताउँछन् । स्थानीय एक पेट्रोल पम्पमा काम गरेर जीवीकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋणको भारी बोक्न बाध्य भएको बताउँछन् ।

क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौतारिरहेका छन् ।

३३ लाख क्षतिपूर्तिसहित कारबाहीको माग

मेसुसहित चिकित्सको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाइ खुट्टामा विपक्षीहरुवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु,’ उनको जाहेरीमा उल्लेख छ ।

उनले उपचार गराउन लागेको खर्च, अगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।

‘उपचारमा रु ७ लाख खर्च भएको र ६ लाख अब लाग्ने भएको र क्षतिपूर्तिबापत २० लाख गरी जम्मा ३३,००,०००र( विपक्षीहरुबाट दिलाई पछि रोग बढेमा सोको समेत उपचार गराई लापरबाही साथ सो कार्य गरेकोले निज विपक्षीहरुलाई हदैसम्म कैद सजाय गरी पाउँ,’ जाहेरीमा लेखिएको छ ।

लापरबाही भएको पुष्टि

रामबाबुले सूचनाको हक प्रयोग गरी आफ्नो शल्यक्रियासहितको उपचारको कागजात अस्पतालबाट लिएका छन् । जसमा शल्यक्रियाको क्रममा त्रुटि भएको रेडर्कडमा पाइएको छ । जसमा ६ गते नै शल्यक्रिया भएको लेखिएको छ भने ७ गते शल्यक्रिया गर्न दिइने एनेसथेसियाले बेहोस गरेको देखिन्छ ।

शल्यक्रियामा अस्पतालमा विज्ञ डाक्टरले अपरेसन गर्नु पर्नेमा बिचैमा सर्जन मेसुले छोडेर गएको र असम्बन्धित एमबीबीएस डाक्टर सन्तोष गोइतले शल्यक्रिया गरेका छन् । जसमा उनको हस्ताक्षर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com