ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका


एबीसी न्यूज

काठमाडौं २७ साउन । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।

२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।

अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३(३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला ९८१ केजीमाथि०मा एक(एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

 

महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ ।

पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।

चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।

अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेर चौथो स्थानमा छ ।

आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।

बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य गरी ६३ पदक जितेर छैटौं स्थानमा छ ।

दक्षिण कोरिया र नेदरल्याण्ड्स समान १३ स्वर्ण जितेर क्रमशस् सातौं र आठौं स्थानमा छन् भने १२ स्वर्ण जितेको जर्मनी नवौं र इटली ११ स्वर्णसहित दशौं स्थानमा छ ।

शीर्ष दशमा एसियाबाट ३, युरोपबाट ५ तथा अमेरिका र अष्ट्रिया छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । पाकिस्तानले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेको थियो । भारत १ रजत र ५ कांस्यसहित ६ पदक जितेर ७१औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।

पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।

पेरिस ओलम्पिक सकिएपछि सबैको नजर २८ अगष्टदेखि सुरु हुने पेरिस पारालिम्पिकमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com