ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ


एबीसी न्यूज
श्रावण १८, २०८१ शुक्रबार  १२ : १९ बजे

काठमाडौं १८ साउन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

साउन १६ गते बुधबार राति माडी नगरपालिका(७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

२७ वर्षकी ती महिला मानसिक समस्यामा थिइन्। मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०र१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्।

उनको अनुसार सो स्थानको सीसीटीभी फुटेज हेर्दा ती महिलालाई युवकहरूले तानेजस्तो गर्ने, गफ गरेजस्तो गर्ने देखिएको प्रहरीले जनाएको छ।

सीसीटीभी फुटेजमा धेरै जना युवाको समूह देखिए पनि बलात्कार आरोपमा तीनजनालाई मात्र पक्राउ गरिएको वडाध्यक्ष बानियाँले बताइन्।

वडाध्यक्ष बानियाँका अनुसार आरोपितमध्ये एक युवक सोही महिलाको घरनजिकै कोठा भाडामा लिएर बस्थे।

रातको ८ बजेतिर कोठामा आएका उनलाई घरबेटीले च्यानल गेट खोलिदिएकी थिइन्। ती युवक तल्लो तलाको कोठामा बस्थे। गेट लगाएर भित्र बस्लान् भन्ने लागेपछि घरबेटी आफूहरू बस्ने माथिल्लो तलामा गइन्।

तर ती युवकले त्यसपछि आफ्ना साथीहरूसहित ती महिलालाई कोठामा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लागेको हो।

विवाहित ती महिलाको ८ वर्षका छोरा छन्। श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ।

आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

उनीहरूविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेका विद्यार्थीहरू माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत थिए।

चितवनबाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका उनीहरूको उमेर १७, १८ र २१ वर्ष उमेरका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

सम्बन्धित

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com