काठमाडौं ११ साउन । राष्ट्र बैंकले २ करोडसम्मको सहुलियत ऋण लिने उद्योगको सूची थप गर्ने भएको छ।
नयाँ मौद्रिक नीतिले कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरु थप गर्ने भएको हो।
हाल लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्