काठमाडौं ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। बुधबार बिहान ११स्११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए।
उक्त विमान ५० सिट क्षमताको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो।
सौर्य एयरलाइन्सको बोम्बाडियर सीआरजे २०० जहाज ४१ हजार फिट उचाईसम्म उडान भर्न सक्छ।
जहाजले करिब ६ हजार केजी बोक्न सक्छ। प्रतिघण्टा ८६० किलोमिटरसम्म उड्न सक्छ।
घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्