ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र दक्षिण अफ्रिका अपराजित, अफगानिस्तान र इङ्ल्यान्ड सेमिफाइनलमा


एबीसी न्यूज

काठमाडौं ११ असार । जारी आईसीसी टी(२० विश्वकप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ।   सुपर ८ अन्तर्गत मंगलबार बिहान भएको अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तानले अन्तिम चारमा स्थान बनाएसँगै नवौँ संस्करणको विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो।

योसँगै विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्नेछन्। सो खेल बिहान सवा ५ बजे सुरु हुनेछ।

 

दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ। सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन्।

खराब मौसमका कारण तोकिएको समयमा सेमिफाइनल खेल सुरु हुन नसके १० ओभरमा घटाइनेछ।

खेलै हुन सकेन भनेचाहिँ सुपर ८ मा आफ्नो समूहमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान आईसीसीले राखेको छ।

सेमिफाइनल खेल सुपर ओभरमा पुगे र मौसमले खेल पूरा हुन नसके पनि सोही नियम लागु हुनेछ।

विश्वकपको फाइनलमा खेल पनि वर्षाका कारण हुन नसके वा सुपर ओभरमा पुगेर पनि खेल पूरा हुन नसकेको अवस्थामा दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिने आईसीसीले जनाएको छ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्नेछन्। सुपर ८ मा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सनसनी मच्चाएको थियो।

दोस्रो सेमिफाइनलमा पूर्वविश्व विजेता क्लबीचको भिडन्त रोमाञ्चक हुने आशा गरिएको छ।

इङ्ग्ल्यान्डले सन् २०१० र २०२२ को उपाधि जितेको छ। इङ्ल्यान्ड तेस्रोपटक विश्वकपको उपाधि जित्दै तीनपटक विश्वकप उपाधि जित्ने एक्लो टोली बन्न चाहन्छ।

भारतले भने सन् २००७ मा एकपटक मात्र उपाधि उचाल्ने मौका पाएको छ। त्यसैले भारत दोस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छ।
फाइनल खेल शनिबार राति सवा ८ बजे सुरु हुनेछ।

विश्वकपको सेमिफाइनलसम्म आइपुग्दा भारत र दक्षिण अफ्रिका मात्र अपराजित छन्।

सुपर ८ को समूह १ बाट भारत समूह विजेता र अफगानिस्तान समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हु्न्।

अस्ट्रेलिया र बंगलादेश भने बाहिरिए। सुपर ८ मा अस्ट्रेलियाले १ खेलमा जित र २ खेलमा हार भोग्यो। बंगलादेश भने सुपर ८ मा कुनै जित हात पार्न सकेन।

समूह २ बाट दक्षिण अफ्रिका र इ‍ङ्ग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाउँदा आयोजक वेस्ट इन्डिज र अमेरिका भने बाहिरिए।

समूह २ को दक्षिण अफ्रिका समूह डी को विजेताका रूपमा सुपर ८ मा पुगेको थियो। समूह चरणमा अपराजित रहेको दक्षिण अफ्रिकाले ४ खेलमा ८ अंक बनाउँदै सुपर ८ मा पुगेको थियो।

सुपर ८ मा पनि अपराजित दक्षिण अफ्रिकाले तीन खेलमा ६ अंक बनाउँदै समूह २ का विजेताका रूपमा सेमिफाइनल खेल्न लागेको हो।

पहिलोपटक विश्वकपको उपाधि जित्ने यात्रामा दक्षिण अफ्रिका बलियो देखिएको छ।

इङ्ग्ल्यान्ड भने समूह बीको उपविजेताका रूपमा सुपर ८ मा पुगेको थियो। २ खेलमा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकमा इङ्ग्ल्यान्ड सुपर ८ मा पुगेको थियो।

सुपर ८ मा इङ्ग्ल्यान्डले २ खेलमा जित र १ खेलमा हार भोग्दै ४ अंकमा समूह २ को उपविजेताका रूपमै सेमिफाइनल खेल्न लागेको हो।

दक्षिण अफ्रिकासँग आयोजक वेस्ट इन्डिज पराजित भएपछि इङ्ल्यान्ड सेमिफाइनलमा पुग्न सफल भएको हो।

समूह १ बाट भारत अपराजित रहँदै सेमिफाइनल खेल्न लागेको हो।

३ खेलमा जित र १ खेलमा वर्षाका कारण अंक बाँड्दै ७ अंकमा भारत समूह एको विजेता बन्दै सुपर ८ मा पुगेको थियो। सुपर ८ मा पनि भारत अपराजित रहँदै समूह १ को विजेता बनेको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com