काठमाडौं २ जेठ । सरकारले सोह्रौँ आवधिक योजनाका लक्ष्य पूरा गर्न १ सय ११ खर्ब लगानी गर्नुपर्ने उल्लेख गरेको छ।
आर्थिक वर्ष २०८१र०८२ को मूल्यमा ९४ खर्ब लगानी गर्नुपर्दा प्रचलित मूल्यमा १११ खर्ब बढी लगानी गर्नुपर्ने भएको हो।
आगामी ५ वर्षमा सेवा क्षेत्रबाट सबैभन्दा बढी लगानी गर्ने लक्ष्य राखेको छ। सेवा क्षेत्रबाट ५८ खर्ब ८० करोड लगानी गर्दा प्राथमिक क्षेत्रबाट ७ खर्ब ५२ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ।
द्वितीय क्षेत्रबाट २८ खर्ब ४९ अर्ब रुपैयाँ लगानीको आवश्यकता हुने अनुमान छ। समृद्धिका राष्ट्रिय लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी सबैभन्दा बढी हुने अनुमान गरिएको छ।
सार्वजनिक क्षेत्रको ३०।२ प्रतिशत, निजी क्षेत्रको ६७।२ प्रतिशत र सहकारी क्षेत्रबाट २।६ प्रतिशत लगानी गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्