ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीले टुंग्यायो इलाम २ र बझाङ प्रदेश सभाका उम्मेदवार


एबीसी न्यूज

काठमाडौं १४ चैत । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आगामाी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा एकीकृत २०७४ को स्थानीय तह निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्षमा विजयी राईलाई उम्मेदवार बनाएको हो।

तर उनी २०७९ वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा भने एमालेकै उम्मेदवारसँग पराजित भएका थिए।

 

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उनका छोरा सुहाङ नेम्वाङलाई एमालेले टिकट दिइसकेको छ।

इलाम २ मा माओवादी केन्द्रले पनि आफ्नै उम्मेदवार उठाउने भएको छ। उता पहिचानवादीहरूले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउँ जनमतले प्रेमदीप थाम्सुहाङलाई अघि सारेको छ।

एकीकृत समाजवादीले उता बझाङ–१ ९क० प्रदेश सभामा पनि दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि बझाङका लागि नेकपा एमालेले लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ।

बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि उक्त स्थान रिक्त थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com