ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रले परिचालन गर्‍यो सीमा क्षेत्रमा १ प्लाटुन फौज


एबीसी न्यूज

काठमाडौं १२ चैत । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबीसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ।

अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएको हो।

योसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैह्रकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको हो। यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ।

जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितीहरुको बारेमा जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणको बारेमा जानकारी अध्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरुसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएको छ।

सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र बेसहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामाग्रीसहित परिचालन हुनेछ भने एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती संचालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिनेछ।

आवश्यकताबमोजिम स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरुसँग भेटभाट, अन्तरक्रिया, विपद् जोखिम न्यूनीकरण, मानव बेचविखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुकासाथै तराईका जिल्लाहरुमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरुमा समेत सीमा पैदल गस्ती गरिने छ।

सीमा पैदल गस्ती सम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुवात गरेको छ, जसअनुसार नं। १३ गण पर्साले सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नजिकका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूती दिई सीमा स्तम्भहरुको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको सुरुवात गरेको छ।

अन्य सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, सीमावासी नागरिक तथा भारतीय समकक्षीको उपस्थितिमा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले पैदल गस्तीको शुभारम्भ गरे।

गस्तीमा तैनाथ कमाण्डरसँग स्थायी रुपमा ९७६७७२१४१५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। कमाण्डर बदलीपश्चात् पनि सोही नम्बर उपब्ध गराइनुको साथै यसले सीमावासीहरुलाई सम्पर्क र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ।


गस्तीका क्रममा सीमावासी नागरिकहरुसँग अन्तर्क्रिया कार्यक्रम, सीमा सुरक्षाको महत्व तथा सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका र स्थानीय वासीको सहयोगको विषयहरुमा समेत छलफल गरिएको थियो।

सीमा गस्तीको आवश्यकता अनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com