ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोड लगानीमा खानेपानी आयोजना


एबीसी न्यूज

काठमाडौं १२ चैत । बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड रुपियाँ लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको पहलमा सो खानेपानी आयोजनाबाट १ सय ७० घरधुरी स्वच्छ र सफा खानेपानीबाट लाभान्वित भएका हुन् ।

सो समितिका सचिव उद्धवबहादुर तिवारीले सङ्घीय खानेपानी तथा ढल विकास कार्यालय र बाह्रबिसे नगरपालिकाको सात लाख रुपियाँ बजेट लागतमा खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो ।

एक लाख ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी बाह्रबिसे नगरपालिका वडा ९ सहित बाह्रबिसे बजारक्षेत्रका अधिकांश इलाकाका घर–घरमा खानेपानी पुगाइएको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ, वडाध्यक्ष कृष्णबहादुर रायमाझीसहित अन्य जनप्रतिनिधिले सम्पन्न खानेपानीको उद्घाटन गरेका हुन् ।

भूकम्प र पराकम्पनले जताततै पानीको मुहान सुकेपछि स्थानीयवासी पानी खोज्दै हिँड्नुपर्ने बाध्यताबिच आजित थिए । उर्लिरहेको भोटेकोशी भए पनि खोलाको पानी पिउन योग्य नभएपछि स्थानीय तनावमा देखिन्थे । यो समस्या टार्न स्थानीय आफै कस्सिएर समिति बनाएर बजेट र मुहानको खोजीमा लागेका थिए ।

बाह्रबिसेको शिर पात्लेसिम मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्याङ्कीलगायतका संरचना बनाएका छन् । यसअघि गाउँ“भेगमा पानीकै अभावबिच खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउन दुष्कर भएको स्थानीय बाह्रबिसे नगरपालिका वडा ९ जैसीगाउँकी स्थानीय पदममाया तिमल्सिनाले बताउनुभयो ।

खानेपानीको समस्या झेलिरहेका स्थानीय समेत रहेका आयोजनाका अध्यक्ष पहलबहादुर तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको बताउनुभयो । ‘खानेपानीले हाम्रो ठुलो गर्जो टरेको अनुभव भएको छ, खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिलेझैँ पानीकै लागि धाउन पर्नेछैन्’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

सम्बन्धित

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

योगेश भट्टराई : “अध्यक्षको कुराले चिन्तित र दुःखी भएँ, तर मिसनमा अडिग छु”

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com