ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोड लगानीमा खानेपानी आयोजना


एबीसी न्यूज

काठमाडौं १२ चैत । बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड रुपियाँ लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको पहलमा सो खानेपानी आयोजनाबाट १ सय ७० घरधुरी स्वच्छ र सफा खानेपानीबाट लाभान्वित भएका हुन् ।

सो समितिका सचिव उद्धवबहादुर तिवारीले सङ्घीय खानेपानी तथा ढल विकास कार्यालय र बाह्रबिसे नगरपालिकाको सात लाख रुपियाँ बजेट लागतमा खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो ।

एक लाख ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी बाह्रबिसे नगरपालिका वडा ९ सहित बाह्रबिसे बजारक्षेत्रका अधिकांश इलाकाका घर–घरमा खानेपानी पुगाइएको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ, वडाध्यक्ष कृष्णबहादुर रायमाझीसहित अन्य जनप्रतिनिधिले सम्पन्न खानेपानीको उद्घाटन गरेका हुन् ।

भूकम्प र पराकम्पनले जताततै पानीको मुहान सुकेपछि स्थानीयवासी पानी खोज्दै हिँड्नुपर्ने बाध्यताबिच आजित थिए । उर्लिरहेको भोटेकोशी भए पनि खोलाको पानी पिउन योग्य नभएपछि स्थानीय तनावमा देखिन्थे । यो समस्या टार्न स्थानीय आफै कस्सिएर समिति बनाएर बजेट र मुहानको खोजीमा लागेका थिए ।

बाह्रबिसेको शिर पात्लेसिम मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्याङ्कीलगायतका संरचना बनाएका छन् । यसअघि गाउँ“भेगमा पानीकै अभावबिच खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउन दुष्कर भएको स्थानीय बाह्रबिसे नगरपालिका वडा ९ जैसीगाउँकी स्थानीय पदममाया तिमल्सिनाले बताउनुभयो ।

खानेपानीको समस्या झेलिरहेका स्थानीय समेत रहेका आयोजनाका अध्यक्ष पहलबहादुर तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको बताउनुभयो । ‘खानेपानीले हाम्रो ठुलो गर्जो टरेको अनुभव भएको छ, खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिलेझैँ पानीकै लागि धाउन पर्नेछैन्’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com