ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी जग्गामा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था हुँदैछ- मन्त्री साह


एबीसी न्यूज

काठमाडौं ७ चैत । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मध्यवर्ती क्षेत्रका निजी क्षेत्रमा जग्गाधनीको भोगाधिकार सुनिश्चित गर्ने सम्बन्धमा प्रस्तावित नयाँ मध्यवर्ती क्षेत्र नियमावलीको मस्यौदा मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागेको उहाँको भनाइ छ । उहाँले मध्यवर्तीका सार्वजनिक जग्गा र निजी जग्गामा निकुञ्ज आरक्ष कार्यालयभन्दा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा हालसम्म पाँच पटक संशोधन गरिसकिएको छ । नयाँ संविधान जारी भइसकेपछि प्रदेश तथा स्थानीय तहका अधिकार, जिम्मेवारी तथा चासो समेत समेट्नेगरी ऐनको सामुहिक संशोधन तथा नयाँ ऐन जारी गर्ने विषय प्रासंगिक छ । समितिले उठाएका कतिपय बुँदाहरु नयाँ मस्यौदा हुँदैगरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र नियमावली र मध्यवर्ती क्षेत्र नियमावलीमा समेट्ने देखिन्छ ।’

नियमावलीमा समेट्न नसक्ने कानुनका सारवान विषयहरु ऐनको संशोधन वा नयाँ ऐन जारीगरी सम्बोधन गर्न सकिने उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रका निजी क्षेत्रमा जग्गाधनीको भोगाधिकार सुनिश्चित गर्ने सम्बन्धमा प्रस्तावित नयाँ मध्यावर्ती क्षेत्र नियमावलीको मस्यौदा मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था भइरहेको उहाँले बताउनुभयो । मध्यवर्तीका सार्वजनिक जग्गा र निजी जग्गामा निकुञ्ज आरक्ष कार्यालयभन्दा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था गरिने उहाँको भनाइ छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहतमा सुकुम्वासीले राहत नपाउँदा मर्कामा क्षतिपूर्ति रकम कम भएको हिमली भेग र अन्य भागमा एउटै मापदण्ड हुन नहुने र राहत बिमाबाट हुनुपर्ने सुझावमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । राहतलाई तेस्रो पक्षको राहतमार्फत वितरण गर्नेगरी निर्देशिका संशोधन गरिरहेको बताउनुभयो ।

निकुञ्ज तथा आरक्षको मुल मर्म कायम गर्दै निकुञ्ज आरक्षभित्रका अति संवेदनशील क्षेत्र बाहेक अन्य स्थानमा उपयुक्त वातावरणीय सुरक्षा र वन्यजन्तुमैत्री पूर्वाधार समेत अवलम्वन गरी जनतालाई आवश्यक पूर्वाधार र सेवा सुविधा प्रदान गर्न मन्त्रालय सकारात्मक रहेको बतउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com