पोखरा । कास्कीको अन्नपूर्ण गाउंपालिकाको वडा नम्वर ७ हिमालय माविमा शनिवार एकदिने निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा समर्पणको संयुक्त आयोजना तथा फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको प्राविधिक सहयोग, एडिथ कोवान युनिभर्सिटी, अस्ट्रेलियाको सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा छाती तथा मुटुरोग, भिडियो एक्सरे, हाडजोर्नी तथा नशा रोग, निःशुल्क मधुमेह जाँच, ईसिजी, स्त्री तथा प्रसूति रोग, बालरोग, निःशुल्क औषधि वितरण तथा ईसीजी लगायतको सेवा समेत प्रदान गरिने फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखेले बताएका छन ।
लायन्स क्लव अफ अन्नपुर्ण पोखराका पुर्व अध्यक्ष सोनाम साङपोले ग्रामीण भेगका जनतालाई प्रत्येक वर्ष यसरी सेवा दिंदै आएको जानकारी दिएका छन् ।
निःशुल्क स्वास्थ्य शिविर बिहान ९ बजेदेखि दिउंसो १ः३० बजेसम्म नाम दर्ता गरी सेवा लिन सकिने कार्यक्रम संयोजक एवं अन्नपुर्ण गाउंपालिका वडा नम्वर ७ का वडा सदस्य गौप्रसाद गुरुङले जानकारी दिए ।
शिविरको स्थानीय सहयोगीमा देउराली आमा समूह, तोल्का, अन्नपूर्ण–७, कास्की बिचुक आमा समूह, बिचुक, अन्नपूर्ण( ७, कास्की बराह आमा समूह, लान्द्रुक, अन्नपूर्ण ७, कास्की र समन्वयमा उज्यालो भविष्य नेपाल, पोखरा रहेको छ ।
तोल्कामा हुने शिविरमा पांच सय बढीलाई सेवा प्रदान गरिने लक्ष्य लिईएको उज्यालो भविष्य नेपाल, पोखराका अध्यक्ष राज बहादुर गुरुङले बताएका छन ।
निशुल्क स्वास्थ्य शिविरका लागी अष्ट्रेलियाका ११ जना चिकित्सक टोली तोल्का गाऊंमा आईपुगेको र फिस्टेल हस्पिटलका चिकित्सक टोली औषधी सहित शनिबार बिहानै पुग्ने भएको समेत छ ।
शिबिरमा १३० जना बिधार्थीलाई शैक्षिक सामग्री तथा युवती, महिला बिधार्थीलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गर्ने कार्यक्रम समेत रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्