ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेन पहिलो पटक फिफा महिला विश्वकप च्याम्पियन


abc

काठमाडौं, ३ भदौ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि उचालेको छ।

योसँगै नवौँ संस्करणको महिला विश्वकपले नयाँ च्याम्पियन पाएको छ। स्पेन र इंग्ल्याण्ड पहिलो पटक विश्वकपको फाइनलमा पुगेका हुन्।

यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्दै विश्वकपको उपाधि उचालेको हो।

खेलको दोस्रो हाफमा इंल्याण्डले केही सुधारिएको प्रर्दशन गरेपनि जित निकाल्न भने सकेन। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो।

खेलको ६९ औं मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।

पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो।

खेलको ४९ औं मिनेटमा मारियोना क्याल्डेन्टीको प्रहार इंग्ल्याण्डकी गोलरक्षकले पन्च गर्दै जोगाउँदा अग्रता दोब्बर पार्ने मौका गुमायो।

पहिलो हाफको इन्ज्युरी समयमा सल्मा प्यारालुएलोको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा अग्रदा दोब्बर बनाउने मौका गुमायो।

खेलको १६ औं मिनेटमा फरवार्ड लरेन हेम्पको प्रहार विफल बन्दा इंल्याण्डले अग्रता बनाउने मौका गुमायो। त्यसको १ मिनेटमा नै अल्बा रेडोन्डोको प्रहारले पोष्टको गति लिन सकेन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

एसियाली खेलकुदको उद्‌घाटन समारोह २ घन्टा चल्ने

१९औं एसियाली खेलकुदको उद्घाटन समारोह : सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना

सीसँगै नेपालका प्रचण्ड, एसियन गेम्स उद्घाटन

एसियाली खेलकुद आजदेखि सुरु हुँदै, २ सय ५३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

हाङचउ एसियाली खेलकुदमा निमा र वीरबहादुरले झन्डा बोक्ने

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com