ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता लिंदा असहयोग गर्ने नातेदारलाई तीन महीना कैद हुने


ABC NEWS

काठमाडौं १० असार। आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिंदा परिवारका सदस्यले असहयोग गरेमा कारबाही हुने भएको छ।

सर्वोच्च अदालतको आदेशसँग कार्यान्वयनमा आएको नेपाल नागरिकता ९पहिलो संशोधन० ऐन, २०७९ मा असहयोग गर्ने परिवारका सदस्यलाई तीन महीना कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

नागरिकता ऐनको दफा ८ को उपदफा ३ पछि नयाँ व्यवस्था थपिएको छ। यसमा नागरिकता लिने व्यक्तिले प्रमाण पेश गर्न नसकेमा परिवारजनले सनाखत गर्नुपर्ने उल्लेख छ। यसमा भनिएको छ, ‘प्रमाण पेश हुन नसकेमा तोकिएको अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउनुपर्नेछ।’

यसमा परिवारका सदस्य भन्नाले बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु, देवर भनेर तोकिएको छ।

नेपालको नागरिक आमाबाट जन्मेको, नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई नागरिकता दिने व्यवस्था गरिएको छ। यसमा आमाले बाबुको पहिचान हुन नसकेको स्वघोषणाका आधारमा नागरिकता दिन सकिने उल्लेख छ। तर, नागरिकता लिन निवेदन दिने वेला आमाको मृत्यु भइसकेको भए परिवारका सदस्यले सनाखत गर्नुपर्ने व्यवस्था गरिएको हो।

यसरी सनाखत गर्दा परिवारका सदस्यले असहयोग गरेमा कारबाही हुने व्यवस्था गरिएको हो। ऐनको दफा २१ मा कारबाहीको व्यवस्था गरिएको छ। थप गरिएको ३ ९घ० उपदफामा भनिएको छ, ‘कुनै व्यक्ति मनासिब कारण बेगर दफा ८ को उपदफा ३ ९क० बमोजिम जारी गरिएको म्यादमा उपस्थित नभएमा तीन महीनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’

यसअघि दुई पटक संसद्‌बाट पारित भएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। अहिले आएर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।

त्यस विरुद्ध सर्वोच्चमा रिट परेको थियो। शुरूआतमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा कार्यान्वयन हुन सकेको थिएन।

असार ७ मा सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। यससँगै नागरिकता विधेयक कार्यान्वयनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com