ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता लिंदा असहयोग गर्ने नातेदारलाई तीन महीना कैद हुने


ABC NEWS
असार १०, २०८० आईतबार   २ : ३१   बजे

काठमाडौं १० असार। आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिंदा परिवारका सदस्यले असहयोग गरेमा कारबाही हुने भएको छ।

सर्वोच्च अदालतको आदेशसँग कार्यान्वयनमा आएको नेपाल नागरिकता ९पहिलो संशोधन० ऐन, २०७९ मा असहयोग गर्ने परिवारका सदस्यलाई तीन महीना कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

नागरिकता ऐनको दफा ८ को उपदफा ३ पछि नयाँ व्यवस्था थपिएको छ। यसमा नागरिकता लिने व्यक्तिले प्रमाण पेश गर्न नसकेमा परिवारजनले सनाखत गर्नुपर्ने उल्लेख छ। यसमा भनिएको छ, ‘प्रमाण पेश हुन नसकेमा तोकिएको अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउनुपर्नेछ।’

यसमा परिवारका सदस्य भन्नाले बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु, देवर भनेर तोकिएको छ।

नेपालको नागरिक आमाबाट जन्मेको, नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई नागरिकता दिने व्यवस्था गरिएको छ। यसमा आमाले बाबुको पहिचान हुन नसकेको स्वघोषणाका आधारमा नागरिकता दिन सकिने उल्लेख छ। तर, नागरिकता लिन निवेदन दिने वेला आमाको मृत्यु भइसकेको भए परिवारका सदस्यले सनाखत गर्नुपर्ने व्यवस्था गरिएको हो।

यसरी सनाखत गर्दा परिवारका सदस्यले असहयोग गरेमा कारबाही हुने व्यवस्था गरिएको हो। ऐनको दफा २१ मा कारबाहीको व्यवस्था गरिएको छ। थप गरिएको ३ ९घ० उपदफामा भनिएको छ, ‘कुनै व्यक्ति मनासिब कारण बेगर दफा ८ को उपदफा ३ ९क० बमोजिम जारी गरिएको म्यादमा उपस्थित नभएमा तीन महीनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’

यसअघि दुई पटक संसद्‌बाट पारित भएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। अहिले आएर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।

त्यस विरुद्ध सर्वोच्चमा रिट परेको थियो। शुरूआतमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा कार्यान्वयन हुन सकेको थिएन।

असार ७ मा सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। यससँगै नागरिकता विधेयक कार्यान्वयनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group