ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहीबार वेस्ट इन्डिजविरुद्ध नेपालको फिल्डिङ


एबीसी न्यूज
असार ७, २०८० बिहीबार  १२ : ४९ बजे

काठमाडौँ ७ असार
— नेपालले विश्वकप छनोटमा बिहीबार वेस्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । जिम्बावेको हरारेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि वेस्ट इन्डिजलाई ब्याटिङका लागि बोलाएका हुन् ।

नेपाली क्रिकेटमा यो सबैभन्दा बहुप्रतिक्षित खेल हो । नेपालले ५ वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।

अमेरिकाविरुद्ध खेलेको पछिल्लो खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । रोहितसहित नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

वेस्ट इन्डिजको टोलीमा पनि कुनै परिवर्तन छैन । साइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिजबाट ब्रेन्डन किंग, केयल मायर्स, जोहनसन चार्ल्स, निकोलस पुरन, रोस्टन चेज, रोभमन पोवेल, जेसन होल्डर, किमो पाउल, अल्जारी जोसेफ, अकिल होसेन खेलिरहेका छन् ।

वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ४९।३ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो ।

नेपाल पहिलो खेलमा २ सय ९० रनमा अलआउट भए पनि घरेलु टोली जिम्बावेसँग ४५ ओभरभित्र ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकालाई २ सय ७ रनमा अलआउट गर्दै नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com