ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ महामन्त्री थापा


एबीसी न्यूज
जेष्ठ १९, २०८० शुक्रबार  ३ : १८ बजे
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उहाँले भन्नुभयो । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गर्नुभयो ।
“कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताउनुभयो । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उहाँको भनाइ थियो ।
उहाँले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताउनुभयो । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल प्रेस युनियन सधैँ लाग्नुपर्ने बताउनुभयो । लोकतन्त्र कमजोर भए नेपाली प्रेस कमजोर हुने भएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली प्रेस लाग्नुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यले कांग्रेसविना जनताको अधिकार सुनिश्चित नहुने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ नेपाल प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको स्पष्ट पार्नुभयो ।
नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, रमेश तुफान, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेललगायतले नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणका लागि पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तिलाई हटाउन खोजेको भन्दै त्यसविरुद्ध प्रेस युनियनले सङ्घर्ष गर्नुपर्ने बेला आएको भनाइ राख्नुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले सांसद विकास कोषमार्फत सांसदलाई पैसा दिने निर्णय गरे पनि पत्रकारको क्षमता अभिवृद्धिका लागि छुट्याएको रकम कटौती गरेको भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विसं २०८० लाई नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष मनाउन लागेको उल्लेख गर्नुभयो ।
सोही अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा नेपाल प्रेस युनियन काठमाडौँ, भक्तपुर र ललितपुरका प्रदेश प्रतिनिधिका साथै प्रतिष्ठानका प्रदेश प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com