ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास


abc

काठमाडौं, १९ जेठ । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो ।

अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो ।

झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल बताउनुहुन्छ ।

बाढी र डुबानको उच्च जोखिममा रहेको हुँदा समुदायलाई सम्भावित क्षतिबाट जोगाउन सरोकारवाला निकायले बर्सेनि यस्तो अभ्यास गर्दै आएको र यसबाट उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

नमूना अभ्यास क्रममा बाढी आएर बस्ती डुबानमा परेपछि कोलाहल मच्चिएको, वडाध्यक्षले आपत्कालीन उद्धार निकायमा सूचित गरेको, प्रमुख जिल्ला अधिकारीले उद्धारमा खटिन सुरक्षाकर्मी परिचालन गरेको, सावधानीका लागि साइरन बजेको, उद्धारमा खटिएका सुरक्षाकर्मीले रबरबोट तथा केराका थामको डुङ्गा बनाई पीडितको उद्धार गरेको, रेडक्रसकर्मीले घाइतेको प्राथमिक उपचार गरेको र राहत सामग्री वितरण गरिएकोलगायतका दृश्य देखाइएको थियो ।

झापामा प्रत्येक वर्ष बाढीबाट १० हजार परिवार प्रभावित हुँँदै आएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । नेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजाललगायतले सामुदायिक विपद् व्यवस्थापनका लागि गरिएको नमूना अभ्यासको अवलोकन गर्नुभएको थियो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय जना र रेडक्रसकर्मी ५० जनाले भाग लिएका थिए । स्थानीय स्वस्तिका शिशु सदन र महारानीगञ्ज माविका विद्यार्थीलाई विपद्को अवस्था र जोखिम न्यूनीकरणबारे सुरक्षाकर्मीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

सम्बन्धित

मेयरले रोपेको बिरुवा उखालेर फाल्दा प्रहरीको फन्दामा

एक सातामै १२ किलो बरामद, सुन तस्करको निशानामा उत्तरी नाका

एमसीसीको टोलीलाई मन्त्री ज्वालाले भने, कार्यान्वयनमा कुनै शंका गर्नुपर्दैन

टेन्डर प्रक्रियामा अर्थको भूमिकै हुँदैन, मधु मरासिनीको दाबी:

एक वर्षमा ७६६ जनाविरुद्ध अख्तियारको मुद्दा, एक अर्ब ७७ करोड बिगो दाबी

सचिव मरासिनीले गोप्यरूपमा निकासा गरेका थिए रकम, कार्यक्रममै थिएन पेमेन्ट गेटवे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com