ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, रहस्यको गर्भमै दरबार हत्याकाण्ड


एबीसी न्यूज

काठमाडौं, जेठ १९। राजा वीरेन्द्र शाहको वंशनास भएको आज २२ वर्ष पूरा भएको छ । राजपरिवारको जमघट हुने त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी ग¥यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताएका थिए ।

तर, एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन । हत्याकाण्डको छानबिन हुन नसकेपनि सो घटना भएको त्रिभुवन सदन सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी घरको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । लगत्तै त्रिभुवन दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन शुरूकै शैलीमा निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

२०६५ फागुन १५ बाट सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गरेको थियो । ‘त्यसको करिब ७ वर्षपछि त्रिभुवन सदनको बिलियार्ड बैठकहललगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिसकेको छ । तत्कालीन राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको १ वर्षपछि २०५९ साल असारमा हत्याकाकाण्ड भएको त्रिभुवन सदन भत्काउन लगाइएको थियो ।

त्रिभुवन सदन भत्काएपछि त्यहाँको इँट्टालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालीन युवराज स्वर्गीय दीपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा जलाइएको थियो । अन्य सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए ।

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुँदा बिच्छ्याइएको गलैँचामा रगत लत्पतिएका कारण सो गलैंचा स्टोरमै राख्न लगाइएको थियो । त्रिभुवन सदनमा रहेका २ सेट हरियो र हिमाल आकारको ३ सेट सोफा, बार दराज सिराहा बैठककक्षमा राखिएको थियो ।

दरबार हत्याकाण्ड भएलगत्तै डाइनिङ टेबलमा यत्रतत्र खानेकुरा छरिएका थिए । हाल हत्याकाण्ड हँुदा त्रिभुवन सदनमा राखिएका सामग्री केही कक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग

नेपालमा ओमिक्रोनको ५ नयाँ सब-भेरियन्ट पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com