ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै


एबीसी न्यूज

काठमाडौं, १६ जेठ । घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गर्नुभएको थियो । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गर्नुभयो । चौधरीका  अहिले एक छोरा र एक छोरी छन् ।
उहाँलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो । पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमान्सँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेपछि समस्या भयो । नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खानु भएकी उहाँले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गर्नुभयो ।
घोराही–१ की २५ वर्षीया  नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए । उहाँलाई सन्तानको रहर पुगिसकेको थियो । अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरी गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई  सतायो र  घरपरिवारले यसबारेमा साथ नदिँदा उहाँले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताउनुभयो ।
नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अभैm पनि सानै उमेरमा गर्भपतन गर्नेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको  सङ्ख्या नौ दशमलव छ प्रतिशत रहेको पाइन्छ ।
दिगो विकास लक्ष्य २०३०अनुसार महिलाले  आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा छ दशमलव दुई प्रतिशत रहेकामा पाँच वर्षमा यो सङ्ख्या बढेर नौ दशमलव छ प्रतिशत पुगेको छ । सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिँदा असुरक्षितरुपमा पनि गर्भपतन गराउनेको महिलाको सङ्ख्या पनि उत्तिकै रहेको आङ्कलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको सङ्ख्या बढेको देखिएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरु पनि छन् ।
लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन् । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ । यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो ।
“सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ । यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै पनि छोराको आशामा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरु पनि आइरहन्छन् । यस्ता कार्यलाई नियमन गर्न अझैं कानुनी दायरालाई बढाउन जरुरी छ ।”
वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको  बताउनुभयो  । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ  तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बेचिएका नेपालीको आँशुले पोलेन, सरकारलाई प्रश्नबाट भाग्यो – गौतम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com