काठमाडौं, १३ जेठ । नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखा सिन्धुली र सुनकोसी सामुदायिक अस्पताल गोलन्जोर ७ खुर्कोट बिच सेवा सम्बन्धि द्विपक्षीय सम्झौता भएको छ ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद सापकोटा र रेडक्रस सोसाइटी ग्वालटार उपशाखा सिन्धुलीका सभापति ओमकुमार कार्कीले सम्झौता पत्रमा हस्तक्ष गरेका छन् ।
२०८० जेष्ठ १४ गते देखि लागु हुने सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटी ग्वाल्टार उपशाखाका आजीवन सदस्यहरु सबै र रेडक्रस उपशाखाबाट संचालित ख श्रेणीको एम्बुलेन्स मार्फत सेवा लिन आउने सबै बिरामीलाई ओ.पी.डी. बाहेक अन्य सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट दिइने छ भने सेवा लिन आउदा अनिवार्य परिचय पत्र ल्याउनु छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै सभापति कार्कीे उक्त सम्झौताले दुई रेडक्रसको महत्व झनै बढ्ने बताए ।










प्रतिक्रिया दिनुहोस्