ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजी गरिरहेका दिनेश विराटनगरमा एक वर्षदेखि ढावा चलाइरहेका थिए


abc

काठमाडौँ, १० जेठ । विराटनगरमा ढावा चलाएर बस्दै आएका एक व्यक्तिको तस्बिर केही दिनदेखि भारतीय मिडियामा छाइरहेको छ। त्यो पनि झारखण्डमा सक्रिय पीपुल्स लिबरेशन फ्रन्ट अफ इंडियाका प्रमुखको रूपमा। नाम हो दिनेश गोप।

गोप राजनीतिक संगठनका प्रमुख मात्र हैनन्, ३० लाख भारतीय रुपैयाँ पुरस्कार घोषित अनि १५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजिरहेका व्यक्ति हुन्। भारतीय सुरक्षा संगठन नेशनल इन्भिष्टिगेशन एजेन्सीले सक्कली परिचय कुलदीप यादव रहेका उनी दिल्लीमा पक्राउ परेको दाबी गरेका छन्।

तर उनी १३ महिनादेखि विराटनगरमा शिखको रूपमा ढावा चलाएर बसेको सार्वजनिक भएकाले उनी दिल्लीमा हैन नेपालमै फेला परेको देखिन्छ। १५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजी गरिरहेका उनले आफ्नो संगठनका एरिया कमान्डरहरूलाई नेपालबाटै कल गर्ने गरेका थिए। त्यही कलको आधारमा उनी बसेको नेपालको विराटनगर क्षेत्र पहिचान भएपछि पक्राउ गरेर भारत लगिएको प्रष्ट छ।

उनी भारतसँग नजिकै सिमा भएको विराटनगरमा रहेकाले उनलाई नेपालमा नियन्त्रणमा लिएर भारत पुर्या उन कुनै कठिन काम हैन। काठमाडौं अनि पोखरामा नियन्त्रणमा लिइएकाहरूसमेत सहजै रातारात भारत पुर्याणएर कोही दिल्ली त कोही बिहार र उत्तर प्रदेशको रेल्वे स्टेशनमा पक्राउ परेको दाबी आउनु सामान्य हो।

यस्तै उग्रवादी संगठनका नेता निरन्जन होजाई प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका बेला भारत पुर्यािइएको थियो। इन्डियन मुज्जाहिद्दिनका नेता यासिन भट्कल पोखरामा समातेर भारत पुर्यानइएको थियो। भट्कलले आफ्नी श्रीमतीलाई नेपालबाट पैसा पठाउँदा उनी बसेको क्षेत्र भारतीय सुरक्षा एजेन्सीसम्म पुगेको थियो।

नेपाली सुरक्षा संगठनको सहयोगमा भएको अनुसन्धानमा उनी पोखरामा मुस्लिम आयुर्वेदको चिकित्सकसँगै मोबाइल मर्मत गर्ने पसल चलाएर बसेको खुलेपछि नेपाल प्रहरीले पक्राउ गरेर भारतीय सुरक्षा संगठनलाई खुसुक्क बुझाएको थियो।

औपचारिक रूपमै नेपालले पक्राउ गरेको सार्वजनिक भएको भए आतंकवाद नियन्त्रणमा नेपालको सफलताको रूपमा स्थापित हुने थियो। तर, लुसुक्क समातेर खुसुक्क बुझाउँदा नेपालको सुरक्षा संगठनले पाउनुपर्ने क्रेडिट समेत पाएन।

त्यसरी नै दिनेश गोपको पक्राउमा कुनै न कुनै रूपमा नेपालको सुरक्षा संगठन संलग्न नभई भारतीय सुरक्षा संगठनका सदस्यले मात्र पक्राउ गर्न सम्भव देखिन्न।

यस्तो घटनामा प्रहरीको विशेष ब्यूरोको जनशक्ति परिचालित हुने गर्छन्। यसको काम अन्तर्देशीय अपराधको अनुसन्धान भए पनि पछिल्लो समय भारतीय सुरक्षा संगठनको सहयोगी जस्तै बनेको छ।

इन्डियन एक्सप्रेसका अनुसार सन् २०२२ फेब्रुअरीमा झारखण्डको पश्चिमी सिंहभुमीको जंगलमा सुरक्षाकर्मीसँग मुठभेड भएको थियो। उनी मुठभेडमा जोगिएर उम्किएपछि भारतीय सुरक्षा संगठनले लोकेट गर्न सकेको थिएन।

भारतीय ठेकेदारलाई धम्क्याउँदै उनका फोनहरू आउन भने बन्द भएको थिएन। तर, एक पटक कल आएपछि सो नम्बर र सेट नै निष्क्रिय भइहाल्थ्यो। उनले हरेक वर्ष डेढ अर्ब बढि फिरौती उठाउने गरेको भारतीय सुरक्षा एजेन्सीको दाबी देखिन्छ।

केही समयअघि झारखण्डको भारतीय जनता पार्टीका नेतालाई धम्क्याउँदै आएको कलबारे अनुसन्धान गर्दा नेपाल देखायो। सोही नम्बरबाट झारखण्डको एक स्थानीय सरकारी कर्मचारीलाई पनि कल गरेको देखियो।

भारतीय सुरक्षा संगठनका सदस्यले शंका गरेर उनको कल ट्रेस गरेपछि नेपालबाट आउने कलमा उनले स्थानीय सूचनाहरू दिने गरेको खुलेपछि सो नम्बरको लोकेशनका आधारमा विराटनगर आउँदा उनी स्थानीय तीन नेपालीसँग मिलेर शिखको रूपमा होटल चलाएर बसेको पुष्टि भयो अनि आइतबार नियन्त्रणमा लिएर दिल्ली पुर्यादइयो र सोमबार एनआइएले सार्वजनिक गर्यो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ९८ पुग्यो, करोडौँको सम्पत्ति नष्ट

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३३ पुग्यो, ९ सय जति घाइते भएको अनुमान

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

पाकिस्तानी महिला आन्दोलनकारीको प्रशंसामा भाइरल तस्बिर एआई जेनेरेटेड भएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com