ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी


एबीसी न्यूज

काठमाडौं, १० जेठ । बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्नुहुन्थ्यो । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान गाउँपालिकाकै सवारीसाधनमा समेत एक दिन आउन र जान नै समय व्यवस्थापन गर्नुपर्ने उहाँलाई समस्या थियो ।
विभिन्न प्रशासनिक काम गर्न आउनेका लागि बरेङका सर्वसाधरणलाई आउनजान मात्रै दुई दिन आवश्यक थियो । अहिले दक्षिण भेगको मुख्य सडकको सुधारसँगै जिल्ला सदरमुकाम आउने समय आधाभन्दा बढी छोटिएको छ । अहिले दुर्गम मानिएको बरेङ पुग्न बागलुङ बजारबाट धेरै सडक कालोपत्र र केही सडक स्तरोन्नति भएपछि  सदरमुकाम आउन सहज भएको छ । निर्माण व्यवसायीको उदारणीय कामका कारण ठेक्का सम्झौता गरेको दुई वर्ष नपुग्दै राङ्खानीदेखि बरेङ पुग्ने सडक धमाधम कालोपत्र भएपछि बरेङवासीमा खुसियाली छाएको छ ।
“पालिकाकै गाडीमा बागलुङ बजार जान अघिल्लो दिन नै साइत गर्नुपर्दथ्यो, बिहानै हिँडेर कार्यालय समयमा बागलुङ बजार पुग्न सकिँदैनथ्यो, अहिले पूर्वाधार विकास कार्यालयको रु ३४ करोड लागतमा जैमिनी नगरपालिकाको राङ्खानीदेखि बरेङसम्मको अधिकांश सडक कालोपत्र भइरहेको छ”, गाउँपालिका अध्यक्ष शर्माले भन्नुभयो, “पालिकाकै गाडीमा यात्रा गर्दा त आउनजान पूरै एक दिन खर्च हुन्थ्यो, सर्वसाधरणलाई जान र आउन दुई दिन व्यवस्थापन गर्न आवश्यक थियो, अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको छ, बिहानै हिँडेपछि कार्यालय समयमा बागलुङ बजार आउन सकिन्छ ।”
बरेङमा उक्त सडक मात्रै नभएर अन्य ग्रामीण सडकसमेत बर्खामा चल्न सक्नेगरी स्तरीय बनाइएको गाउँपालिका अध्यक्ष शर्माको भनाइ छ । बरेङ गुल्मी जिल्लासँग जोडिएकाले यहाँका जनताले प्रशासनिक कामबाहेक किनमेलका लागि गुल्मी हुँदै बुटवल पुग्ने गरेका छन् । सडक पुगेपछि दुर्गम मानिएको बरेङ बिस्तारै सुगम बन्दै गएकामा स्थानीयवासी खुसी भएका छन् ।
बागलुङदेखि कुश्मिसेरा जाने अधिकांश सडक कालोपत्र भइसकेका छन् भने कुश्मिसेरादेखि राङ्खानीसम्मको सडक ग्राभेल भइरहेको सन्दर्भमा राङ्खानीदेखि बरेङसम्मको सडक भने धमाधम कालोपत्र भइरहेको छ । दुर्गमबाट सुगमतर्फ सडक कालोपत्र भइरहँदा स्थानीयवासी खुसी भएका छन् ।
बरेङ–१ धुल्लु लिउवाका बासिन्दा लीलाधर शर्माले घरअघि नै कालोपत्र सडक आएपछि विकासको महसुस गर्नुभएको छ । “कुश्मिसेरा बजारदेखि माथि सडक धुलाम्मे छ, कालोपत्र भएको छैन, तर यहाँ घरअघि नै सडक कालोपत्र भयो, हामीलाई विकासको महसुस कालोपत्र सडक आएपछि भयो, दोस्रो खण्ड कालोपत्र भइसक्दासमेत पहिलो खण्ड कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र हुन नसक्दा समस्या छ, तर त्यो सडकसमेत कालोपत्र भए तीन घन्टामै बागलुङ बजार पुग्न सकिन्छ”, शर्माले भन्नुभयो, “पहिला बागलुङ बजार पुग्न एक दिन र फर्कन मात्रै एक दिन लाग्दथ्यो, सडकले निकै सहज बनाएको छ, अहिले बिहानै हिँडेपछि १० बजे बागलुङ बजार पुगिन्छ, दिनभर काम गरेर बेलुका घरै फर्किन सक्ने भइयो ।”
नेपालमा सम्झौता अवधिभित्रै निर्माण कार्य सक्ने निर्माण व्यवसायी निकै कम छन् । बागलुङको दक्षिण भेगको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक निर्माण व्यवसायीले चार वर्षदेखि कालोपत्र गर्न नसकिरहेको सन्दर्भमा राङ्खानीदेखि बरेङसम्मको दोस्रो खण्डका रुपमा रहेको ११ किमी सडकमा अहिले धमाधम कालोपत्र भइरहेको छ ।
बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न जैमिनीको केन्द्र कुश्मिसेरादेखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमी सडक कालोपत्रका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो । दोस्रो खण्ड कालोपत्र भएर सडकका कारण स्थानीयवासीको दैनिकी नै फेरिएको भए पनि तल्लो खण्डको काम सन्तोषजनक नभएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिनुभयो ।
“कुश्मिसेरादेखि राङ्खानी पुग्ने १० किमी सडक चार वर्षमा कालोपत्र भएको छैन, तर राङ्खखानीदेखि कुश्मिसेरा पुग्ने ११ किमी सडकमा ठेक्का सम्झौताको दुई वर्ष नपुग्दै धमाधम कालोपत्र भइरहेको छ”, सुवेदीले भन्नुभयो, “दुवै खण्ड कालोपत्र भएमा बरेङ पुग्न कुश्मिसेराबाट एक घन्टा मात्रै लाग्नेछ ।”
अहिले राङ्खानीदेखि बरेङसम्मको ११ किमी सडकमध्ये तीन किलोमिटर सडक ढलान र चार किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी चार किमी सडकमा धमाधम कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ । राङ्खखानीदेखि बरेङसम्मको ११ किमी सडक पूर्वाधारसहित कालोपत्र गर्न २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी रु ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी÷धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
पूर्वाधार कार्यालयअन्तर्गत कालोपत्र गर्न निर्माणको चरणमा रहेका छन् । सडकमध्ये सबैभन्दा पछि ठेक्का खोलिएको राङ्खखानी–बरेङ सडकको नै हालसम्मको प्रगति सबैभन्दा बढी रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिनुभयो । देवकोटाका अनुसार सडकको हालसम्म ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।
विसं २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी ठेक्का लगाएको कुश्मिसेरा–राङ्खानी सडक भने ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दासमेत १० किमी सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । जिल्लाभर सञ्चालित छ ठूला सडकमध्ये राङ्खानीदेखि बरेङसम्मको सडक कालोपत्र भइरहेको छ भने २०७७ सालमा ठेक्का सम्झौता गरेको गलकोटदेखि ताराखोला पुग्ने सडक सम्झौता मिति सकिएपछि कालोपत्रको काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

कमलादीस्थित हामा आइरन स्टिल्समा आगलागी

कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com