ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति


एबीसी न्यूज

काठमाडौं, १० जेठ । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्यतथ्य छानबीन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ ।
समितिमा बागमति प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको प्रतिनिधि एक र पीडितपक्षबाट आमन्त्रित एक जनाको समिति बन्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालले आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीको व्यवहारगत पक्ष सुधार गर्ने, अस्पताल प्रशासनले अस्पतालको सेवा सञ्चालन गर्ने र पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
पीडितको पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ भने अस्पतालका तर्फबाट अस्पताल विकास समिति अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिटेन्डेन उमेश प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
समितिका अध्यक्ष ढकालले आज अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो । ओपिडी कक्षमा तोडफोड भएकाले  सरसफाई र मर्मत गर्नुपर्ने भएकाले उहाँले आकस्मिक सेवा मात्रै सञ्चालन गरिने बताउनुभयो ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व बागमति प्रदेश स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्वबागमति प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिका–७ का वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा उक्त सहमति भएको हो । सहमतिपछि बिपी राजमार्गमा पीडित पक्षले गर्दै आएको अवरोध खुलेको छ ।
कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले पीडित पक्षलाई राहतस्वरुप कमलामाई नगरपालिकाको तर्फबाट रू ५० हजार उपलब्ध गराउने बताउनुभयो । “मृतकको छोरी अपाङ्गता रहेकाले बालिकाको पठनपाठनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।
मङ्गलबार बिहान प्रसूतिका लागि अस्पताल जानुभएकी कमलामाई नगरपालिका– ५ सिलामेकी अन्दाजी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको मृत्यु भएपछि आक्रोशित समूहले सिन्धुली अस्पताल तोडफोड गरेका थिए ।
उहाँको त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासस्थित साई मल्टि स्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । अस्पताल पुगे लगत्तै गङ्गालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको इमर्जेन्सी कक्ष, ओपिडी कक्षा, बिरामी बस्ने वार्ड, औषधि पसल र आँखा अस्पतालमा क्षति पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ – स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरण: यी हुन् छानबिन समितिका ९ कार्यादेश

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा – शाही

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com