ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा हावाहुरीले क्षति, सुतिरहेका बेला घरमाथि ढल्यो रूख


ABC NEWS
जेष्ठ १०, २०८० बुधबार  ११ : ४९ बजे

काठमाडौं १० जेठ । मंगलबार मध्यराति आएको हावाहुरीका कारण कञ्चनपुरमा भौतिक संरचनामा क्षति भएको छ। जिल्लाका विभिन्न ठाउँमा हुरीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो।
हुरीले घरमा रूख खस्दा क्षति गरेको छ।

यस्तै घरका जस्ता उडाएको जानकारी आएको प्रहरीले जनाएको छ।

बिजुलीका पोलमा क्षति पुर्‍याउँदा रातिदेखी नै विद्युत् सेवा बन्द भएको छ।

हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

‘धेरै ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ, यकिन विवरण आएको छैन, संकलन गर्दै छौँ’, उनले भने, ‘घरका जस्ता उडाएको, रूख घरमा खसेका छन्, मानवीय क्षति अहिलेसम्म केही छैन।’

उनका अनुसार सुतिरहेका बेला घरमाथि रूख खस्दा भीमदत्त नगरपालिका(१८ सालघारीमा दुईजना घाइते भएका छन्।

बर्दियाका २४ वर्षीय गणेश चौधरी गम्भीर घाइते भएका छन्। उनी लामा जेबी कन्स्ट्रक्सनमा कामदारका रुपमा कार्यरत छन्।

उनको कैलालीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै २१ वर्षीय हेलु चौधरी मध्यम घाइते छन्। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेक छ।

सुतिरहेका बेला हावाहुरीले सालको रूख घरमाथि खसेको थियो। घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com