ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्पदंशका बिरामीलाई ‘खुर्सानी खुवाएर निको पार्छु’ भन्ने पक्राउ


एबीसी न्यूज
जेष्ठ ६, २०८० शनिबार  ४ : २५ बजे

बर्दिया, ६ जेठ । बर्दियामा सर्पले डसेकोलाई प्रार्थना र झारफुकको माध्यमबाट निको गराउने भन्दै एक महिलाले उपचार गराउन खोज्दा किशोरीको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका(२ महादेवाकी ती किशोरीलाई जेठ २ गते राति भुईंमा सुतेको समय सर्पले डसेको थियो ।स्थानीय पास्टर यमुना भन्ने योगेन्द्रकुमारी घर्तीले प्रार्थना र झारफुकको माध्यमबाट सञ्चो हुने भन्दै खुर्सानी खुवाउन लगाएको प्रहरीले बताए । १६ वर्षीया किशोरी ओमकुमारी डांगीलाई योगेन्द्रकुमारीको कुरामा विश्वास गर्दै खुर्सानी खुवाइएको प्रहरीले जनाएको छ ।सर्पले डसेपछि तत्काल अस्पतालमा उपचार गराउनुको साटो अन्धविश्वासको भर पर्दा किशोरीको ज्यान गएको इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधीरकुमार खड्काले बताए ।

गम्भीर अवस्थाकी डांगीलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुराइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले डसेकी किशोरीलाई तत्काल उपचार गर्न अस्पताल जान सिफारिस नगरी झारफुक गरी निको पार्छु भन्ने योगेन्द्रकुमारीविरुद्ध मृतकका किशोरीका आफन्तले किटानी जाहेरी दिएका छन् ।

प्रहरीले आरोपित घर्तीलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । आरोपितविरुद्ध जिल्ला अदालत बर्दियाबाट सात दिनको म्याद थप गरी मुद्दामा आवश्यक अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com