ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्महत्या गर्न लागेकी किशोरीका बारेमा जब कम्पनीको फोन आयो‘


एबीसी न्यूज
जेष्ठ ५, २०८० शुक्रबार  ७ : ४१ बजे

 

भारत

४ जेठ   भारतको मध्य प्रदेशमा एक किशोरीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी थिइन् । भिडियोमा उनले आत्महत्या गर्ने तयारी गरिरहेको देखिन्थ्यो । त्यसपछि इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भोपालस्थित साइबर पुलिसलाई यसबारेमा जानकारी गरायो । भोपाल पुलिसले सिंगरौली पुलिससँग सम्पर्क गर्‍यो र त्यसअनुसार प्रहरी तत्कालै उक्त घटनास्थलमा पुग्यो । मेटा कम्पनीको प्राथमिक सूचनाका आधारमा प्रहरी ती युवतीले आत्महत्याको प्रयास गरिरहेको घरमा पुगेर उनलाई बँचाउन सफल भयो ।

यसपछि धेरै मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामलाई कुनै पनि मानिसको आत्महत्याको तयारीका बारेमा कसरी थाहा हुन्छ रु भन्ने प्रश्न पनि उठाएका छन् ।

के फेसबुक, इन्स्टाग्राम आदि सोसल मिडियाका कर्मचारीहरुले एकरएक गरी सबै प्रयोगकर्ताका पोस्टहरुमा निगरानी गरिरहेका हुन्छन् त रु वा यसका पछाडि कुनै प्रविधि प्रयोग गरिएको हुन्छ रु

आखिर हुन्छ के र

वास्तवमा प्रहरीलाई मेटाबाट फोन आएर प्रहरीले कसैलाई आत्महत्याबाट जोगाएको यो पहिलो घटना भने होइन ।

पछिल्लो घटनामा ती किशोरीले जब आत्महत्याको योजना बनाइन्, तब सुरुमा उनले इन्स्टाग्राममा एक भिडियो अपलोड गरेकी थिइन् । उक्त भिडियोमा उनले पासो तयार गरी आत्महत्याका अन्य तयारी गर्दै गरेको देखिएको थियो । अनि के फेसबुक वा इन्स्टाग्राममा बसेका मानिसहरुले उक्त भिडियो देखे र प्रहरीलाई खबर दिए त रु वास्तवमा यसका दुईथरी सम्भावना हुन्छन् ।

सबैभन्दा पहिले कसैले युवतीको भिडियो देखे र त्यसलाई रिपोर्ट गरेका हुनसक्छन् । जब कुनै सामग्रीलाई सोसल मिडिया प्लाटर्फममा रिपोर्ट गरिन्छ तब मेटाको कम्युनिटी अपरेसन टिमले यस्ता रिपोर्टको समीक्षा गर्दछ । यस्तो अवस्थामा मेटाको टिमले समस्या समाधानका लागि स्थानीय अधिकारी, हेल्पलाइन तथा एनजिओहरुसँग सम्पर्क गर्दछ र विषयको बारेमा जानकारी गराउँदछ ।

आर्टिफिसियल इन्टेलिजेन्स टूल

दोस्रो तरिकाचाहिं एआई टूलको हो । वास्तवमा फेसबुकले सन् २०१८ मै अब यस्तो विषयमा केवल प्रयोगकर्ताले गर्ने रिपोर्टमा मात्र निर्भर नरहेको जनाएको थियो । धेरै यस्ता घटना पनि भएका छन् जहाँ कुनै पनि मानिसलाई आत्महत्याको लक्षण त देखिन्छ तर त्यो रिपोर्ट गरिएको हुँदैन । यस्तो विषयलाई सल्टाउनका लागि फेसबुकले मेसिन लर्निंगको प्रयोग गरिरहेको छ ।

यसमा मेटाको एआई मोडेलले प्रयोगकर्ताका पोस्टमा कुनै शब्द वा शब्दावलीलाई पहिचान गर्दछ । जस्तै कोही प्रयोगकर्ताले आफ्नो पोस्टमा   शब्दको प्रयोग गर्यो भने एआई टूलले त्यस्तो पोस्ट पत्ता लगाएर कम्युनिटी अपरेसन टिमलाई जानकारी गराउँछ ।

त्यसपछि रिभ्यू टिमले उक्त पोस्ट गर्ने प्रयोगकर्ताका सन्दर्भमा के कदम चाल्ने भन्ने निर्णय गर्दछ । कहिलेकाहीँ यी शव्दको विभिन्न प्रयोजनमा प्रयोग गरिएको हुनसक्छ । यस्तोमा यो टूलले रिपोर्ट गर्दैन । मेटाले केही वर्षअघि नै प्लाटर्फममा शेयर गरिने भिडियोका सन्दर्भमा पनि यस्तै संयन्त्र तयार गरेको थियो । यसमा आर्टिफिसियल इन्टेलिजेन्स टूलले प्रयोगकर्ताको रिपोर्ट वा भिडियोमा गरिएका कमेन्टको सहयोग लिन्छ । यस्तो टूलले केवल अंग्रेजी भाष मात्र नभएर अन्य धेरै भाषाहरु पनि पढ्न सक्छ ।

यसप्रकार एआई टूलको सहयोगबाट प्लाटर्फममा कुनै संदिग्ध घटनाको बारेमा जानकारी हुन्छ । त्यसबाट समीक्षा टीमले कसैले आत्महत्याको कोसिस गरिरहेको, डिप्रेसनमा गएर विभिन्न गतिविधि गरेको वा अन्य खालका संदिग्ध स्थितिका बारेमा एकिन गर्दछ । तत् पश्चात् मेटाको टिमले पुलिस वा अन्य सम्बन्धित अधिकारीलाई यसबारेमा जानकारी गराउँदछ । मेटाले फेसबुक प्रयोगकर्ताको लोकेसन पनि पुलिसलाई उपलब्ध गराउँदछ ता कि पुलिस त्यहाँसम्म पुग्न सकोस् ।।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com