ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पन्जाब दिल्लीसँग स्तब्ध


एबीसी / संवाददाता

काठमाडौँ, ४ जेठ । पन्जाब किंग्स इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । २१४ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि लियाम लिभिङस्टोनको प्रयास असफल भयो ।

यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणितीय मात्रै बाँकी रहेको छ ।

जितका लागि २१४ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनाउन सक्यो । पन्जाबका लिभिङस्टोनले ४८ बलमा ९ छक्का र ५ चौकासहित सर्वाधिक ९४ रन बनाए पनि जित दिलाउन सकेनन् ।

त्यस्तै, अथर्व टाडेले ४२ बलमा २ छक्का र ५ चौकासहित ५५ रनमा रिटायर्डहर्ट आउट भएका थिए । अन्य कुनै पन्जाबी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका इशान शर्मा र एनरिच नोर्कियाले समान २–२ विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि, हिमाञ्चल प्रदेशको धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा मात्र २ विकेटको नोक्सानीमा २१३ रनको योगफल बनायो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीको इनिङ्समा कप्तान डेविड वार्नरले ४७ रन जोडे । पृथ्वी शाँले ५४ रन बनाए । राइली रोसोउलाई रोक्न नसक्दा पन्जाबले विशाल लक्ष्य पाएको हो । उनले ३७ बलमा ६ छक्का र ६ चौकाको मद्धतमा नटआउट ८२ रन बनाए । फिल साल्टले २६ रन जोडे ।

पन्जाबका साम करनले २ विकेट लिए ।

यो हारपछि पन्जाब प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । आठौँ स्थानमा रहेको उसको १३ खेलबाट १२ अंक छ । अब पन्जाबले अन्य टिमको नतिजाब भर पर्नु पर्ने छ ।

पन्जाबले अन्तिम खेल शुक्रबार राजस्थान रोयल्ससँग खेल्ने छ । दिल्लीले अन्तिम खेल शनिबार चेन्नइ सुपर किंग्ससँग खेल्ने छ । पन्जाब प्लेअफ अन्तिम खेलमा फराकिलो जितका साथै बेंगलोर, कोलकाता र मुम्बइले बाँकी खेल हार्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com