ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै


abc

काठमाडौं, ३ जेठ । सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न लागिएकोे राष्ट्रियपार्क सम्मेलन आयोजक समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पर्यटनको प्रचुर सम्भावना रहेकोे नेपालमा पार्क–पर्यापर्यटनका लागि राम्रो गन्तव्य बन्दै गएको र निर्माण भएका पार्कको विकास तथा व्यवस्थापनका लागि कुनै प्रकारको कानुन नभएका कारण सरकारलाई कानुन निर्माणमा घचघच्याउन उक्त सम्मेलन आयोजना गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजक तथा मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी गराउनुभयो ।

पर्यटन प्रवद्र्धन र विकास अवधारणामा विगतका बगैँचा, फूलबारी, गुफा, तालतलैया, सिमसार क्षेत्र, मठमन्दिरलगायत रमणीयस्थान अहिले पार्क, उद्यान तथा वाटिकाको रुपमा विकास भएका छन् । ती पार्क तथा उद्यानलाई जैविक विविधताको संरक्षण सँगसँगै सौन्दर्य र मनोरञ्जनका अतिरिक्त आर्थिक क्षेत्रको प्राप्ति, अध्ययन अनुसन्धानस्थल, रोजगारी सिर्जना तथा आन्तरिक र बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यक देखिएकोले त्यसलाई मध्यनजर गरेर सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो ।
पार्क तथा उद्यानको सञ्चालन तथा व्यवस्थापनका लागि त्यहाँका समस्या पहिचान, समाधानको उपायको खोजी गर्न र आवश्यक कानुन निर्माणलाई जोड दिएर राष्ट्रिय पार्क सम्मेलन गर्न लागिएको आयोजक समितिका सदस्य तथा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष वेलप्रसाद शर्माले बताउनुभयो ।

नेपालमा अहिले कतिवटा पार्क छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सम्मेलनमा एक सय ५० पार्कबाट दुई सय ५० देखि तीन सय प्रतिनिधि सहभागी हुने उहाँले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

महाराजगन्जमा चिया सागरको नयाँ आउटलेट

हिमालको पानीलाई ब्रान्डिङ गर्ने घोषणा

भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३६ अर्बले घट्यो

अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालले कूटनीतिक नोट पठायो

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

केही मानिसबाट गल्ती भयो भन्दैमा गणतन्त्रलाई बदनाम गर्न मिल्दैन ; सञ्चारमन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com