काठमाडौं, ३ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर पmलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका चन्दले मासिक रु ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताउनुहुन्छ ।
पाँच वर्षयता तीन कठ्ठा जमिनमा पmलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताउनुभयो । “विगतमा पmलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।”
फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताउनुभयो । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उहाँले भन्नुभयो, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।”
गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरिद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।”
विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गर्नुभएका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताउनुभयो । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान÷सहयोग नलिएको उहाँको भनाइ छ ।
कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी पmलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा हुनुहुन्छ ।
एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा पmलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक रु १५ लाखको कारोबार हुने गरेको बताउनुभयो । “यहाँ उत्पादित पmलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा निर्यात हुँदै आएको छ”, उहाँले भन्नुभयो, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।”
आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उहाँले बताउनुभयो । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उहाँले भन्नुभयो, “चाुल आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान रकम मिलेको छ ।








प्रतिक्रिया दिनुहोस्