ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रहरी सम्मानित


एबीसी न्यूज

काठमाडौं, २ जेठ । किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन प्रहरीलाई अभिनन्दन गरिएको छ । गत वैशाख ३१ गते बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित महेश बजिमयको पसलमा अपरिचित व्यक्तिले आगो लगाएको देखेर खबर गरी तत्काल निभाउन सहयोग गरेकामा प्रहरी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी हवल्दार प्रकाश तामाङ, प्रहरी जवान दुर्गाप्रसाद निरौला र लीलाबहादुर थापालाई ज्येष्ठ नागरिक सङ्घ खोटाङले सोमबार अभिनन्दन गरेको हो ।

आपराधिक मानसिकता भएका व्यक्तिले बजिमयको पसलमा अचानक आगो लगाएको देखेपछि सूचना दिएर अर्बौँका धनजन तथा पशुपक्षी जोगाउन सफल भएकाले उनीहरूको योगदानको उच्च कदरका साथै सम्मानस्वरुप अभिनन्दन गरिएको सङ्घका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । “प्रहरीले नदेखेको भए दिक्तेल बजारका दर्जनौँ घर तथा पसल आगलागीबाट ध्वस्त हुने थियो”, उहाँले भन्नुभयो, “गस्तीमा रहेका प्रहरी जवानले बेलैमा देखेर सूचना दिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ । आगलागीका घटनाबाट जोगाउन ठूलो योगदान दिएकाले उनीहरू तीनै जनालाई हौसला तथा सम्मानका लागि अभिनन्दन गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय खोटाङबाट दिक्तेल बजारको सुरक्षाका लागि रात्रि गस्तीमा खटाइएका तीन प्रहरी जवानलाई बजिमयकै पसल अगाडि ल्याएर अभिनन्दन गरिएको छ । घटना देखेर बेलैमा खबर गरेका कारण प्रहरी जवानलाई प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले जनही नगद रु पाँच–पाँच हजार र बजिमयले जनही नगद रु चार–चार हजारका दरले पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रहरी जवानलाई प्रदेशसभा सदस्य पिके, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अभिनन्दन गर्नुभएको थियोे । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य पिकेले ज्येष्ठ नागरिक सङ्घको यो कार्यक्रम प्रशंसनीय रहेको प्रतिक्रिया दिनुभएको छ ।

आगजनी गर्न प्रयास गर्ने आपराधिक व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । रातको समयमा भएको घटना भएकाले आपराधिक व्यक्तिको पहिचान गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारका अधिकांश घर पुरानो तथा परम्परागत रहेका छन् । एकआपसमा जोडेर बनाइएका घर भएकाले एउटा घरमा लागेको आगो सबैमा सल्कने अवस्था छ । यसअघि दिक्तेल बजारको रत्नपार्क र अस्पताल चोकमा भएको आगलागीबाट दर्जनौँ घर तथा पसल जलेर नष्ट भएका थिए । साँघुरो बाटो ९सडक० तथा ढुङ्गा÷माटोले बनेका घर भएकाले दिक्तेल बजार आगलागीको उच्च जोखिममा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com