ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड


एबीसी न्यूज
जेष्ठ २, २०८० मंगलबार  १२ : २३ बजे

काठमाडौं, २ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै सचेत हुनुपर्ने बताउनुभयो । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले अस्वस्थ प्रतिस्पर्धा र तीव्रगतिका कारण सबैभन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गर्नुभयो । उहाँले दुर्घटना न्यूनीकरण गर्न आम नागरिकलाई ट्राफिक नियमबारे सचेतना दिनका लागि तुलसीपुरमा नागरिक तथा स्थानीय सरकारको सहयोगमा डिजिटल बोर्ड स्थापना गरिएको बताउनुभयो । तुलसीपुर –५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले ती डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभएको थियो ।

बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामेराको व्यवस्था नहुँदा व्यवसायीलाई समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा स्वतन्त्र यातायात मजदुर सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव भण्डारी, तुलसीपुर उपमहानगर–५ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतकाले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिँदै

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com