ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषकलाई माछाका भुरा वितरण


एबीसी / संवाददाता

दमौली, २ जेठ । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो ।

सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको डा शाहले बताए ।

डा शाहले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ”, उनले भने । गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । “गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उनले भने, “यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ ।”

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग संकलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए ।

म्याग्दे गाउँपालिका–१ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, म्याग्दे गाउँपालिका–२ का प्रेमलता शाहीलाई सात सय, म्याग्दे गाउँपालिका–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, म्याग्दे गाउँपालिका–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गरिएको छ ।

त्यस्तै, म्याग्दे गाउँपालिका–५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार, भक्तबहादुर गुरुङलाई चार हजार, म्याग्दे गाउँपालिका–६ का मदीमाया रानालाई चार हजार, म्याग्दे गाउँपालिका–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, ध्रुव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com