ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेन्नईलाई कोलकाताले हरायो


एबीसी न्यूज
जेष्ठ १, २०८० सोमबार  ९ : ५७ बजे

 

काठमाडौं जेठ १,इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो टिम बन्ने थियो भने हारले कोलकाता बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई हराएपछि प्लेअफको समीकरण थाहा पाउन अझै कुर्नुपर्ने भएको छ ।

कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।

कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझदारी गरे ।

नितिश राणाले ४४ बल खेल्द ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए ।

चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे ।

कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्तीले पनि दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com