ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई भट्टराईको जबाफ– केही आँप कुहिए भन्दैमा सबै आँप नफालौँ


एबीसी / संवाददाता
बैशाख ३१, २०८० आईतबार  ७ : ०३ बजे

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेलगतै नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई घुमाउरो शैलीमा जवाफ फर्काएका छन् ।

भट्टराईले गणतन्त्रका संस्थापकहरूलाई सोलोडोलो रूपमा नसराप्न आग्रह गर्दै क्रान्तिकालमा आफ्नो टाउकोको मूल्य तोकिएको प्रसंग जोड्दै त्यससम्बन्धी पत्रिकामा छापिएको सूचना पनि सार्वजनिक गरेका छन् । उनले प्रतिगामी हल्लाको पछि नलाग्न आग्रह गर्दै नेतालाई गाली गर्दा न्याउरी मारी पछुतो हुने कुरा उल्लेख गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापकहरू सबैलाई सोलोडोलो सराप्ने प्रवृत्तिबाट बचौँ । लोकतन्त्र विना भ्रष्टाचारमुक्त समृद्ध समाज कतै बनेको छैन भन्ने बुझौँ,’ डा.भट्टराईले भनेका छन्, ‘क्रान्तिकालमा कसरी गणतन्त्रका निम्ति लड्नेहरूको टाउकाको मूल्य तोकिएको थियो र शान्ति कालमा उनीहरूको कसरी मिडियामार्फत चरित्रहत्या हुँदा अदालतबाट उनीहरूले मानहानीको मुद्दा जितेका थिए भन्ने सम्झौँ । सत्य तथ्य बुझौँ, प्रतिगामी हल्लाको पछि नलागौँ । न्याउरी मारी पछुतो होला ।’

उनले आफ्नो स्टाटसमा न्याउरी मारी पछुतो शीर्षकको लघुकथा समेत उल्लेख गरेका छन् । शनिबार डा.भट्टराई भष्ट्राचारको विरोध गर्दै सडकमा धर्ना बसेका थिए । उनलाई लक्षित गर्दै काठमाडौंका मेयर साहले घुमाउरो शैलीमा स्टाटस लेखेपछि भट्टराईले पनि घुमाउरो शैलीमा जबाफ फर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com