ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई १४ रनले हरायो


एबीसी न्यूज
बैशाख ६, २०८० बुधबार  ७ : २८ बजे

काठमाडौं, ६ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २र२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बईका क्यामरोन ग्रिनले अविजित ६४ रन बनाए । ग्रिनको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो । ईशान किशनले ३८ तथा तिलक बर्माले ३७ रन जोडे । हैदराबादका मार्को जोनसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १र१ विकेट लिए ।

मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस विभाजनको बाटोमा

प्रधानमन्त्रीसँग एमाले सांसदले भने– अध्यक्ष ओलीको तत्काल रिहाइ होस्

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com