ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोकिएका सडक निर्माण अघि बढाउन माग


एबीसी न्यूज

काठमाडौं, २९ चैत । ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताउनुभएको हो ।

“रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो । तर अहिलेसम्म काम सुरु हुनसकेको छैन । पाल्पाको डुम्रेदेखि काकल्दी–बुढाखोल्सा–कुसुमखोला–त्रिवेणी–सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न सकेको छैन”, गैरेले भन्नुभयो ।

त्यस्तै डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्र गर्ने गरी सुरु भएको ठेक्काको अझै सुरु नभएको उहाँको भनाइ छ । विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र गरेको उहाँको भनाइ छ ।

“वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानुनी उल्झन देखाएर निर्धारण भएका कामहरु शूरु नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ”, सांसद गैरेले भन्नुभयो ।

उहाँले ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उहाँले संसद्मा माग गर्नुभयो । सांसद तेजुलाल चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड र सडक डिभिजन लहानअन्तर्गत कार्यान्वयन भइरहेका सडकको कामबारे प्रश्न उठाउनुभयो ।

“पटकपटक बोलपत्र प्रक्रिया रद्द हुने र अर्को ठेक्का प्रक्रिया सुरु गर्न निकै धेरै समय लाग्ने गरेका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतका धेरै सडकखण्ड अलपत्र छन् । दुई/तीन पटकसम्म बोलपत्र हुँदा पनि काम अघि बढ्नसकेको छैन”, सांसद चौधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com