ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय विकासका लागि गुरुयोजना


एबीसी न्यूज

काठमाडौं, २९ चैत । कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय विकासका लागि गुरुयोजना बन्ने भएको छ । कञ्चनजङ्घा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहेको छ ।

गुरुयोजनाले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रमा पर्ने पर्यटकीय पद मार्गअन्तर्गत यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना बन्ने समृद्ध कञ्चनजङ्घा परियोजना कार्यक्रम संयोजक चित्राकुमारी चन्सुले जानकारी दिनुभयो ।

कार्यक्रमलाई हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले आर्थिक सहयोग गर्नुभएको छ । उहाँ यही चैत ५ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रको भ्रमण गरी फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि विकासको मोडेलबारे परिषद्का पदाधिकारीसँग छलफल तथा अन्तरकिया गर्नुभएको थियो । उहाँले दक्षिणी बेस क्याम्प जाने क्षेत्रका साथै तोरोङदेन र चेराममा सम्बन्धित परिषद्अन्तर्गत रहेका समितिका अध्यक्षसँग अन्तरक्रिया गर्नुभएको थियो ।

यसअघि यस क्षेत्रमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कका प्राविधिकले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाइ सेवाका लागि अध्ययन गरिसकेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार उक्त अध्ययन पश्चात् बृहत्तर विकासका लागि फरक–फरक क्षेत्रका तीनजना इन्जिनियरले यहाँको समग्र पक्षको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेका छन् । जसमा खानेपानी, शौचालय, होटेल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत्, फोहोर मैला व्यवस्थापन, पुल पुलेसा, हेलिप्याडलगायत पक्ष रहेका छन् । यस क्षेत्रलाई पर्यटनको आधुनिक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य लिइएको कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून छ । “पर्यटकको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर अध्ययन गरिएको हो । समृद्ध पहाडले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँग समन्वय गरी पर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम गर्नेछ”, उहाँले भन्नुभयो ।

कोभिड महामारीका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए । यस वर्ष पर्यटक आउने याम सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com