ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो


एबीसी / संवाददाता

ढोरपाटन, ४ चैत । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुंगा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको दुरी पार गर्नुपर्थ्यो । घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो । शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो । प्रयोग गर्न पाइँदैनथ्यो । तर अहिले त्यस्ता समस्या केही विद्यालयमा बाहेक धेरैमा छैन । पक्की भवन, खेलमैदान र अन्य पूर्वाधार अधिकांश विद्यालयमा बनेका छन् ।

विद्यालयमा भौतिक संरचना थपिँदै छन् भने गुरणस्तर खस्कँदो छ । पहिलेको जस्तो विद्यार्थीको चाप पनि छैन । गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ । अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बागलुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिकालगायतका पालिकाले विद्यालय समायोजन गर्न थालेका हुन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय समायोजन गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए । यस वर्ष करिब चार विद्यालय समायोजन गर्ने चरणमा रहेको उनको भनाइ छ ।

घर्तीले भने, “विद्यार्थी कम भएका विद्यालयलाई नजिकको सँग ‘मर्ज’ गर्ने भएका छौँ, बजार क्षेत्रका विद्यालयमा विद्यार्थी निकै बढिरहेका छन्, अहिले समस्या भनेको गाउँका विद्यालयमा हो, गाउँबाट सबै मान्छेहरु सेवा सुविधा खोज्दै बजार झर्ने गरेका छन्, त्यसको प्रत्येक्ष असर गाउँका विद्यालयमा परेको छ, यहाँका केही विद्यालयमा भने विद्यार्थी बढी छन् ।”

गलकोट नगरपालिकाले दर्जन बढी विद्यालय समायोजन गर्ने भएको छ । नगरपालिकाले समायोजनका लागि कार्यविधि बनाएको नगर शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए । नगरपालिकाले कक्षा १–३ मा १५ जना, कक्षा १–५ मा २५ जना, कक्षा ६–८ मा २१ जना, कक्षा ९–१० मा २५ जना र ११–१२ मा २५ जना विद्यार्थी नभएका विद्यालयलाई समायोजन गरिने खड्काको भनाइ छ ।

उनका अनुसार विद्यार्थी कम भएका करिब १५ वटा विद्यालय समायोजन गर्ने अवस्थामा रहेका छन् । काठेखोला गाउँपालिकामा दुई विद्यालय समायोजन गर्ने स्थितिमा रहेका छन् । बागलुङ नगरपालिकामा पनि धेरै विद्यालय समायोजन गर्नुपर्ने देखिएको छ । नगरपालिकाले विद्यालय समायोजनसम्बन्धी नीति बनाएर पठनपाठनलाई प्रभावकारी बनाउने जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकारी धनप्रसाद पोखरेलले बजारमा भन्दा बढी समस्या गाउँका विद्यालयमा भएको बताए ।

उनले भने, “गाउँमा साना कक्षामा विद्यार्थी छैनन्, बजारमा माथिल्लो तहमा पढ्ने विद्यार्थी छैनन्, ११÷१२ पास गर्यो भने विद्यार्थी विदेश हिँडी हाल्छन्, यो बागलुङको मात्रै समस्या होइन देशभर यस्तै छ, नगरपालिकाले विद्यार्थीलाई मर्का नपर्ने गरी विद्यालय समायोजन गर्ने छ, थोरै विद्यार्थी भएको विद्यालयमा पठनपाठन गाह्रो नै हुन्छ ।”

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएपछि विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ बढिरहेको छ । निजी विद्यालयमा तल्लो तहदेखिनै विद्यार्थीको चाप देखिन्छ । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको गुणस्तर वृद्धि गर्न नसकेसम्म विद्यार्थी बढाउन नसकिने बताए । सामुदायिक विद्यालय अब भौतिक पूर्वाधारमा कमजोर नभएको भन्दै गुणस्तर बढाउनतर्फ लाग्नुपर्नेमा प्रमुख उपाध्यायले जोड दिए ।

“सामुदायिक विद्यालयमा गुणस्तरीय पढाइ नभएको होइन, राम्रो पढाइ हुन्छ, जहाँका समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सक्रिय हुन्छन् त्यो विद्यालयमा निजीमा भन्दा राम्रो पढाइ भएको छ, उपलब्धि पनि उस्तै छ”, उपाध्यायले भने, “धेरै ठाउँमा सामुदायिक विद्यालयप्रति धेरैले चासो दिँदैनन्, गाउँका विद्यालयलाई राम्रो बनाउने विद्यार्थी टिकाउने हो भने समुदाय पनि जिम्मेवार हुन जरुरी देखिन्छ ।”

उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नुको मुख्य कारण बसाइँसराइ भएको बताउँछन् । पछिल्लो समय मानिस विलासिता खोज्दै सहज बजार झर्ने र बालबालिकालाई पनि सँगै लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थीको अभाव हुन थालेको उनको भनाइ छ । ग्रामीण क्षेत्र सबै प्रकारका विकासले जोडिए विद्यार्थी बढाउन सकिने उपाध्यायले बताए ।

जिल्लामा अहिले पाँच सय १४ सामुदायिक र ५९ निजी गरी पाँच सय ७३ विद्यालय सञ्चालनमा छन् । शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका अनुसार ६२ हजार तीन सय २१ जना सामुदायिक र ११ हजार तीन सय ७० जना गरी ७४ हजार तीन सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । जिल्लाभर ७४ हजार तीन सय ५७ विद्यार्थी रहेका छन् । जसमा ३५ हजार नौ सय ८० छात्रा र ३८ हजार तीन सय ७३ जना छात्र अध्ययनरत रहेका छन् ।

जिल्लाभर १४ दशमलव आठ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् । सामुदायिकतर्फ छात्र ३१ हजार आठ सय ९७ जना र छात्रा ३१ हजार चार सय २० जना छन् भने निजी विद्यालयमा छात्र छ हजार चार सय ७६ र छात्रा चार हजार पाँच सय ६० जना अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ – नवनियुक्त आईजीपी कुँवर

काठमाडौं, १० चैत्र। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ। विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाडौं , १० चैत्र ।  बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका

बसन्त कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा

सम्बन्धित

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

खप्तडमा ‘हेली टुर’ सञ्चालन

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com