काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा भइरहेको राष्ट्रपति पदको निर्वाचनमा ८८१ मध्ये ८०० मत खसेको छ ।दिउँसो पौने २ बजेसम्म ८०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल ८८१ मत मध्ये अब ३७ मत खसेपछि मतदान सकिनेछ । जम्मा ८८१ मत मध्ये प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३१ मध्ये संघतर्फ ३०० मत खसेको छ । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजनाको मत खस्ने छैन ।
यसमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले अब संघीय संसद्बाट मतदान गर्न बाँकी सांसदको संख्या १६ मात्र हुन आउँछ ।
यसैगरी प्रदेशतर्फ ५५० मतदातामध्ये ५०० ले मतदान गरिसकेका छन् । राप्रपाका २८ प्रदेशसभा सदस्यले मतदान नगर्ने भएका कारण अब मतदान गर्न बाँकी २२ जना मात्र छन् ।निर्वाचन आयोगले मतदानका लागि ३ बजेसम्मको समय निर्धारण गरेको छ।








प्रतिक्रिया दिनुहोस्