काठमाडौं, १५ फागुन । नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ।
आज च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता विष्णु पौडेलले जानकारी दिए।
यस्तै बैठक बाट बाहिरिने क्रममा उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका बिष्णु पौडेलले ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर टिप्पणीका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने ।








प्रतिक्रिया दिनुहोस्