काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व नेकपा एसका नेता गोविन्द बन्दीले गर्ने भएका छन् ।स्रोतका अनुसार उनले नेपालका प्रधानमन्त्रीको सल्लाहकारका रुपमा जेनेभामा सो बैठकमा भाग लिने भएका हुन् ।
मन्त्री रोकिएपछि उनीसँगै विज्ञका रुपमा जाने भनिएका बन्दी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गरेका छन् । स्रोतका अनुसार उनलाई नै नेपालको प्रतिनिधित्व गरेर सम्वोधन गर्न भनिएको छ ।
उनले प्रधानमन्त्रीका सल्लाहकारका रुपमा वैठकमा भाग लिनेछन् । जबकी उनलाई त्यस्तो कुनै पनि नियुक्ति दिइएको थिएन । यसअघिको देउवा सरकारमा कानूनमन्त्री रहेका बन्दी अहिले कुनै पनि सार्वजनिक पदमा छैनन् ।








प्रतिक्रिया दिनुहोस्