ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई


abc

काठमाडौं, १४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान०ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।” मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाउनुभयो । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका सञ्चालक डा चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुन:जागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताउनुभयो । मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले सङ्कटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा वचतकर्ता मर्कामा पर्ने बताउनुभयो ।

इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र सङ्कटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताउनुभयो । इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com