काठमाडौं, १३ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ८ दलहरूबीच राष्ट्रपतिका लागि गरिएको सहमति ८ दलको मात्रै नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन् । रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै उनले पौडेल उपयुक्त उम्मेदवार रहेको पनि बताए ।
विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको उनले प्रसंसा गरेका थिए । यस क्रममा उनले शुक्रबारको सहमतिलाई संकेत गर्दै नयाँ यात्रा सुरु भएको बताएका थिए । हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने पनि दाहालले बताए । राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय बनेको संकेत गर्दै उनका गतिविधि र भूमिकाप्रति आपत्ति जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्