काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए। प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ, उनले भने।
प्रतिक्रिया दिनुहोस्