ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोग र मतदाताबीच समन्वय बढाउन आग्रह


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार  ३ : ३८ बजे

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिलाई निर्वाचन व्यवस्थापनका काममा प्रभावकारीरूपमा सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मधेस प्रदेशको बारामा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले मतदाता नामावली सङ्कलन एवं अद्यावधिक, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, निर्वाचनसम्बन्धी सूचना सहजरूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पुर्‍याउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “मतदान केन्द्र तथा मतदानस्थललाई सुरक्षित, सहज, पहुँचयोग्य र लैङ्गिक एवं समावेशी तथा अपाङ्गतामैत्री बनाउनेलगायतका काममा निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । ”

उहाँले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिले आयोग र जनताका बीचमा समन्वय र सहकार्य गरी सेतुका रूपमा काम गर्नुपर्ने जनाउँदै निर्वाचन तथा मतदाता शिक्षा आम नागरिकमा पुर्‍याउन आयोगको प्रतिनिधिका निर्वाचन सम्पर्क व्यक्तिले भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयुक्त डा तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम, निर्वाचन शिक्षा तथा मतदाता जागरण काम गरी सुसूचित मतदाता तयार गर्ने काम गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताउनुभयो । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com