ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा


एबीसी न्यूज
फाल्गुन ११, २०७९ बिहीबार  १ : १२ बजे

काठमाडौं,११ फागुन । सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अस्पतालका तुलनामा बढी व्यवस्थित, सफा र प्रविधिमैत्री बनाउन अस्पताल प्रशासनले ध्यानकेन्द्रीत गरेकोे छ । उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा छ ।

कुनै बेला फोहर र दुर्गन्धित भनेर चिनिने उक्त अस्पतालको आकास्मिक सेवामा जडान गरिएको प्रविधि र सरसफाइदेखि सेवाग्राही दङ्ग छन् । नाक थुनेर आकास्मिक सेवामा सेवा लिन छिर्ने गरेका सेवाग्राही अहिले भएको सुधारले खुसी छन् । आकास्मिक सेवाको सरसफाइका लागि चार सफाइकर्मीलाई अस्पतालले खटाएकाले चौविसैँ घण्टा आलोपालो गरी सफाइ हुँदै आएको छ ।

फोहर विसर्जनका लागि कक्षभित्र आधा दर्जनभन्दा बढी ठूला डस्टबिन राखिएको र कुचो लगाउनेदेखि फिनेलपानीले भूइँ पुछ्नेसम्मको काम पटक पटक हुँदै आएको छ ।

तीस शय्या रहेको आकस्मिक सेवा कक्षलाई रेड, एल्लो र ग्रिन जोनमा बाँडिएको छ । तत्कालै अक्सिजन दिएर उपचार गरिनुपर्ने बिरामीलाई रेड, निगरानीमा राख्नुपर्ने बिरामीलाई एल्लो र सामान्य प्रकृतिका बिरामीलाई ग्रिन जोनमा राख्न थालिएको छ । कक्षका पाँच शय्यामा मोनिटर जडान गरिएको र यसबाट बिरामीको रक्तचाप, पल्स रेट र अक्सिजन लेभल थाहा हुनेहुँदा उपचार सजिलो बन्दै गएको छ ।

यस्तै उक्त कक्षको प्रत्येक शय्यासम्म अक्सिजनको पाइप लाइन पुर्‍याइएको छ । आकास्मिक सेवा कक्षभित्र रहेको चार सिसी टिभी क्यामेराले त्यहाँ भित्रको गतिविधि निगरानी गर्ने गरेको छ । क्यामेरा जडान भएदेखि कक्ष पूर्णरूपमा सुरक्षित भएको छ भने अनावश्यक व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्न पनि सघाउ पुगेको छ । उक्त कक्षमा सात चिकित्सक, १७ प्यारामेडिक्स, चार कार्यालय सहयोगी र चार सफाइ कर्मचारी खटिएका छन् ।

बिरामी भई सघन उपचार कक्षमा भर्ना हुनुभएकी एक वृद्धाकी कुरूवा तारा चापागाईंले आकस्मिक कक्षमा भएको परिवर्तनले आपूm अचम्ममा परेको बताउनुभयो । उहाँले यस अस्पतालको आकस्मिक सेवा सरकारी नभएर कुनै निजी अस्पताल भएको झैँ महसुस भएको चर्चा गर्नुभयो । खोटाङ्ग जिल्लाबाट आएर आकस्मिक सेवामै आमाको उपचार गराइरहनुभएका सुर्यकुमार रइलाले यहाँकोे सरसफाई र छिटो छरितो सेवादेखि आपूm प्रभावित भएको बताउनुभयो ।

उहाँले कक्ष सफासुग्घर रहेको र उपचारमा कुनै समस्या नदेखिएको उल्लेख गर्नुुभयो । जनस्वास्थ्य निरीक्षक एवं उक्त अस्पतालका आकस्मिक सेवा इन्चार्ज गजेन्द्र यादवले पहिलेको जस्तो नाक थुनेर कक्ष छिर्नुपर्ने अवस्था अन्त भएको बताउनुभयो । उहाँले यस कक्षलाई प्रविधिमैत्री बनाउँदै लगिएको र सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ भन्नुभयो । इन्चार्ज यादवले कक्षलाई प्रदेश नं १ कै नमुना बनाउने गरी आपूm नेतृत्वको टोलीले कार्य गर्दै आएको बताउनुभयो । विसं १९४७ मा उक्त अस्पताल स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com