ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली प्रादेशीक अस्पतालको सेवा सुधारिँदै


abc

काठमाडौं,१० फागुन । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ ।

विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो । गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्तालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ ।

विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सञ्चालन भए/नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिनुभयो । उहाँले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताउनुभयो । “हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार नै दिने गरेका छौँ”, उहाँले भन्नुभयो, अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवासुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।

उहाँले सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनुभयो । “हामीले सुविधासम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष भट्टले भन्नुभयो, “सेवासुविधा पनि थप हुने प्रक्रियामा छन् ।” उहाँले डायलासिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताउनुभयो ।

अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । “अस्पतालमा अझै नर्सिङ्ग स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछन् उहाँले भन्नुभयो, “आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रुपमा सेवा पाइरहेको बताउनुभयो । धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, धनगढी वा भारत जानुपथ्र्यो”, उहाँले भन्नुभयो अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।” त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घरआँगनमै उपचार पाउने गरेको बताउनुभयो । “एकजना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्”, उहाँले भन्नुभयो, “अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला–बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com